श्री बिहीबारे हटिया बजार ब्यबस्थापन समिति,
चतरा, बराहक्षेत्र न पा:२, सुनसरी ।
बिषय: अस्पताल आउने बाटो सम्बन्धमा ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०५/२७ गतेको बैठक निर्णय नं १० अनुसार चतरा अस्पतालमा धरान-चतरा पिच सडक देखि बिहीबारे हटियाका दिनमा आवश्यक चौडा स्पष्ट बाटोको ब्यबस्था नहुने हुँदा कुनै पनि समयमा हुन सक्ने भबितब्य घटना एबम आपतकालीन अवस्थामा एम्बुलेन्स लगाएतका अति आवश्यक सवारी साधनलाई समेत आउन जान समस्या हुन सक्ने हुँदा धरान-चतरा पिच सडकबाट अस्पतालसम्मको बाटो आवश्यकता अनुरुपको खुला रहने गरी ब्यबस्थापनका लागि बिहीबारे हटिया बजार ब्यबस्थापन समिति, १ र २ नं वडा कार्यालय तथा स्थानीय सुरक्षा निकाय समक्ष आवश्यक समन्वय एबम ब्यबस्थापनका लागि अनुरोध गर्ने निर्णयानुसार एम्बुलेन्स वा अत्यावश्यक सवारी साधन आउन जान सहज हुने किसिमको बाटो खुला सहितको हटिया ब्यबस्थापनको लागि हार्दिक अनुरोध छ ।