२९ चैत्र २०८२, आइतबार

बिषय:- आ.ब.२०७९/०८० को लागि
बाह्य लेखा परीक्षक नियुक्तिका लागि सूचना सम्बन्धमा ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतराको ब्यबस्थापन समितिको मिति २०७९/०९/०३ गतेको बैठक निर्णय नं: ०१ अनुसार यस अस्पतालको “आ.ब.२०७९/०८० को चौमासिक प्रारम्भिक प्रतिबेदन र बार्षिक बाह्य अन्तिम लेखा परिक्षण” गर्नका लागि योग्यता पुगेका दर्तावाला लेखापरीक्षकहरुले तपशिल अनुसारका कागजपत्रहरु सहित यो सुचना प्रकाशन भएको मिति देखि चौध (१४) दिनभित्र (मिति २०७९/०९/२० गते दिनको ४:०० बजे सम्ममा) अस्पतालको प्रशासन शाखामा वा यस अस्पतालको ईमेल: chatarahospital@gmail.com मा आशयपत्र पेश गर्नुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
लेखापरिक्षकले आशयपत्र साथ पेश गर्नुपर्ने कागजपत्रहरु:
१) संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि,
२) संस्था दर्ताको आ.ब.२०७९/०८० को नबिकरणको प्रतिलिपि,
३) स्थाई लेखा नं करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि,
४) आ.ब.२०७८/०७९ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि,
५) ICAN मा सुचिकृत भएको प्रमाणको प्रतिलिपि,
६) बिगतमा अस्पताल/स्वास्थ्य संस्थाहरुमा लेखापरीक्षण गरेको अनुभब भएमा सो को संक्षिप्त विवरण,
७) ICAN बाट कुनै पनि प्रकारको कारबाहीमा नपरेको स्व:घोसना पत्र ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]