बिषय:- “सुझाब पेटिका” मा प्राप्त सुझाब सम्बन्धमा ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०९/०३ को बैठक निर्णय नं: १८ अनुसार चतरा अस्पतालमा रहेको सुझाब पेटिका ब्यबस्थापन समितिको रोहबरमा मिति २०७९/०९/०३ गते खोलि त्यहाँ प्राप्त सुझाबहरु उपर छलफल गर्दा निम्नानुसार छलफल भएको व्यहोरा अनुरोध छ ।
प्राप्त सुझाब एबम निर्णयहरु:
१) २४ घण्टा डिउटी हुँदा खाजा/खानाको समयका लागि सुझाब:
– अस्पतालमा मिति २०७९ असोज महिना देखि आवश्यक कर्मचारी थप गरी जुनसुकै समयमा पनि कर्मचारी अभाब नहुने गरी व्यवस्था गरिसकिएको जानकारी गरिन्छ ।
२) भुक्तानीका लागि QR CODE वा Esewa वा ONLINE को ब्यबस्थाको सुझाब:
– चतरा अस्पतालमा स्वास्थ्य बिमालाई नै प्रबर्धन गरिने र नगद कारोबार घटाउने उदेश्य हुँदा हुँदै पनि ईमरजेन्सी र नगद अभाबका समयमा यो सुझाब अति उपयोगी भएको हुँदा लेखा शाखाद्वारा चतरा अस्पतालको मूल खाता बाणिज्य बैकमा रहेकोले यस बिषयलाई कसरि सम्बोधन एबम ब्यबस्थापन गर्न सकिन्छ भनि अर्को बैठकमा सुझाब प्राप्त भएपश्चात थप निर्णय गरिनेछ ।
सभ्य एबम मर्यादित रुपमा गहकिला सुझाबहरु आधिकारिक रुपमा आधिकारिक स्थान: सुझाब पेटिकामा राखी सुझाब उपलब्ध गरिदिनुहुने सम्पूर्ण सेवाग्राही महानुभाबहरुलाई आगामी दिनमा पनि सकारात्मक एबम रचनात्मक सुझाबको अपेक्षाका साथ हार्दिक आभार व्यक्त गर्दछौं ।