बिषय:- पुस्तक प्रकाशनका लागि कोटेसन माग सम्बन्धमा ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०९/०३ को बैठक निर्णय नं: ०९ अनुसार निम्न विवरणको चतरा अस्पतालको “बार्षिक पुस्तिका: २०७८” एक हजार प्रति (१००० प्रति), प्रकाशनका लागि कोटेसन माग गर्ने निर्णय भएअनुसार ईच्छुक सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
क्र.सं. विवरण पानाको ग्राम साईज पेज संख्या
(१ पाना = २ पेज) कै.
१. पुस्तकको कभर २५० ग्राम A 4 साईज ४ (भित्र बाहिर गरेर)
२. रंगिन पाना १३० ग्राम A 4 साईज २० पेज
३. सादा (B&W) ८० ग्राम A 4 साईज २२० पेज
पुस्तकको डिजाईन तथा प्रकाशनसंग सम्बन्धि बिस्तृत जानकारी अस्पतालको प्रशासन शाखामा लिई ईच्छुक महानुभाबहरुले मिति २०७९/०९/२२ गते दिनको ४:०० बजे सम्ममा प्रशासन शाखामा स्वम् उपस्थित भई आवश्यक कागजपत्र (कबोल रकम सहितको निबेदन, संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, PAN/VAT कार्डको प्रतिलिपि र नियमानुसार करचुक्ता गरेको वा म्याद थपको पत्रको प्रतिलिपि) सहित निबेदन पेश गर्नुहुन हार्दिक अनुरोध छ ।
