बिषय:- आ.ब.२०७९/०८० को लागि बाह्य लेखा परीक्षक नियुक्तिका लागि
दोश्रो एबम अन्तिम पटक प्रकाशन गरिएको सूचना ।
प्रथम पटक सूचना प्रकाशन: च.न. ३३०, मिति २०७९/०९/०६ गते ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतराको ब्यबस्थापन समितिको मिति २०७९/०९/०३ गतेको बैठक निर्णय नं: ०१ अनुसार यस अस्पतालको “आ.ब.२०७९/०८० को चौमासिक प्रारम्भिक प्रतिबेदन र बार्षिक बाह्य अन्तिम लेखा परिक्षण” गर्नका लागि योग्यता पुगेका दर्तावाला लेखापरीक्षकहरुले तपशिल अनुसारका कागजपत्रहरु सहित चतरा अस्पतालको प.स.२०७९/०८०, च.नं.३३० मिति २०७९/०९/०६ गते प्रथम पटक प्रकाशन गरिएको सुचनामा एक मात्र निबेदन परेको हुँदा मिति २०७९/०९/२८ गते दिनको ४:०० बजे सम्ममा अस्पतालको प्रशासन शाखामा वा यस अस्पतालको ईमेल: chatarahospital@gmail.com मा आशयपत्र पेश गर्नुहुन सम्बन्धित सबैको लागि यो दोश्रो एबम अन्तिम पटक सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
लेखापरिक्षकले आशयपत्र साथ पेश गर्नुपर्ने कागजपत्रहरु:
१) संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि,
२) संस्था दर्ताको आ.ब.२०७९/०८० को नबिकरणको प्रतिलिपि,
३) स्थाई लेखा नं करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि,
४) आ.ब.२०७८/०७९ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि,
५) ICAN मा सुचिकृत भएको प्रमाणको प्रतिलिपि,
६) बिगतमा अस्पताल/स्वास्थ्य संस्थाहरुमा लेखापरीक्षण गरेको अनुभब भएमा सो को संक्षिप्त विवरण,
७) ICAN बाट कुनै पनि प्रकारको कारबाहीमा नपरेको स्व:घोषणा पत्र ।
