बिषय:- पुस्तक प्रकाशन बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०९/०३ को बैठक निर्णय नं: ०९ अनुसार चतरा अस्पतालको “बार्षिक पुस्तिका: २०७८” एक हजार प्रति (१००० प्रति), प्रकाशनका लागि प.सं:२०७९/०८०, च.न.:३३९, मिति २०७९/०९/११ गतेको कोटेसन मागको सूचना अनुसार प्राप्त चार वटा संस्थाहरुको कोटेसनलाई मिति २०७९/०९/२५ गते चतरा अस्पताल ब्यबस्थापन समितिको बैठकमा अध्ययन गर्दा श्री उज्वल प्रिन्टर्स धरान ७ को कबोल रकम सबैभन्दा कम भएको हुँदा सोहि बैठकको निर्णय नं ०२ अनुसार सो पुस्तक प्रकाशन/छपाईका लागि श्री उज्वल प्रिन्टर्स धरान ७ लाई छनौट गर्ने निर्णय भए बमोजिम अस्पतालको प्रशासन शाखाबाट प्रकाशन गरिने पुस्तकको फाईनल कपि एकिन गरि प्रकाशन/छपाई कार्यको सम्झौता गरी छपाई कार्य यथाशिघ्र अघि बढाउनुहुन जानकारी सहित अनुरोध छ ।
