प्रेष बिज्ञप्ति ।
प्रस्तुत सम्बन्धमा मिति २०७९/१०/०९ गतेका दिन चतरा अस्पतालद्वारा पेटको अल्सरको किटाणुका लागि एक जना सेवाग्राहीलाई एमोक्सिसिलिन एक ग्राम दिनमा दुई पटक खाने गरी सिफारिस गरिएकोमा सेवाग्राहीका आफन्त सेवाग्राही सहित मिति २०७९/१०/११ गते अन्दाजी १:३० बजे चतरा अस्पतालको ओ. पी. डी. कक्षमा आएर सोधपुछका क्रममा कार्यरत चिकित्सकसंग भएको बिबादपूर्ण स्थितिका सम्बन्धमा सोहि मिति २०७९/१०/११ गते अस्पताल ब्यबस्थापन समितिको उपस्थितिमा भएको छलफलमा समेत सेवाग्राहीका आफन्तबाट मौखिक रुपमा माफी मागिएता पनि चिकित्सकहरुबाट अपेक्षाकृत रुपमा माफी नआएको भनि मिति २०७९/१०/११ गते चिकित्सकहरुबाट बेलुकी अन्दाजी ९:३० बजे सामाजिक संजालमा सामुहिक राजिनामा पत्र सम्प्रेषण गरिएको अवस्थामा मिति २०७९/१०/१२ गते चतरा अस्पताल ब्यबस्थापन समितिको बैठकको निर्णय नं १ र ३ अनुसार चिकित्सकहरुद्वारा मिति २०७९/१०/१४ गतेको माग पत्र अनुरुप सम्बन्धित सेवाग्राहीका आफन्तसंग लिखित माफिनामा माग गर्ने निर्णय अनुसार माग हुँदा सम्बन्धित सेवाग्राहीका आफन्तद्वारा मिति २०७९/१०/१५ गते उक्त घटना प्रति माफी मागी भविष्यमा यस्ता घटना नदोहोर्याउने प्रतिबद्ता सहितको लिखित माफिनामा प्राप्त भएकोले मिति २०७९/१०/१५ गते अस्पताल ब्यबस्थापन समिति, निबर्तमान समिति, निबर्तमान सल्लाहकार समिति, राजनीतिक दलका प्रमुख/प्रतिनिधि एबम पत्रकारहरुको संयुक्त बैठक निर्णय नं १ अनुसार अनुरोध भए पश्चात चिकित्सकहरुद्वारा मिति २०७९/१०/११ गते दिईएको सामुहिक राजिनामा फिर्ता गरिएको मिति २०७९/१०/१५ गते पत्र प्राप्त भई सबैजना दैनिक कामकाजमा फिर्ता हुनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेष बिज्ञप्ति जारी गरिएको छ ।
साथै यस बिचमा साथ सहयोग एबम सहजीकरण गरिदिनुहुने सम्पूर्ण राजनीतिक दल प्रमुख/प्रतिनिधि, सुरक्षा निकाय, स्थानीय समाजसेबी बुद्धिजिबी लगाएत सबैलाई हार्दिक आभार व्यक्त गर्दै अस्पताल ब्यबस्थापन समिति जुनसुकै परिस्थितिमा समेत चिकित्सक एबम स्वास्थ्यकर्मीको साथमा रही शान्ति सुरक्षाको प्रत्याभूति गर्न प्रतिबद्ध रहेको जानकारी गर्दै सम्पूर्ण चिकित्सक एबम कर्मचारीहरुलाई उच्च मनोबलका साथ सेवा प्रबाह गर्नुहुन अनुरोध गर्दै सेवाग्राहीहरुलाई यस बिचमा पर्न गएको असहजता एबम असुविधा प्रति अस्पताल क्षमाप्रार्थी छ ।