०४ साउन २०८२, शनिबार

चतरा अस्पतालका लागि एम्बुलेन्स, चिकित्सकहरु, एक्सरे, भिडियो एक्सरे मेसिन लगाएतका स्वास्थ्य औजार उपकरण/योजना मागका लागि माननीय संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रि श्री पदम गिरी ज्यू समक्ष मिति 2079/11/06 गते मन्त्री निवासमा र मिति 2079/11/08 गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चतरा अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष श्री होम प्रसाद गौतम ज्यू, चतरा अस्पतालका संस्थापक कार्यालय प्रमुख स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा अन्जु थापा ज्यू, चतरा अस्पतालका ब्यबस्थापक ज्यू, माननीय संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रि ज्यूको PSO श्री रोशन परियार ज्यू र बराहक्षेत्र वडा २ का वडा सदस्य श्री सृजना परियार ज्यूहरुले संयुक्त रुपमा माग पत्र सहित सहयोगका लागि अनुरोध गरिएको छ ।। साथै माननीय संघीय भुमी ब्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्री राजेन्द्र कुमार राई ज्यूसंग चतरा अस्पतालको नब निर्माण 15 शैया अस्पताल भवनको जग्गा प्राप्तिका बिषयमा छलफल भइ मार्गनिर्देशन भएको छ ।। यी बिशेष भेटघाट एबम छल्फलहरु फलदायी एब्म कार्य उदेश्य अनुरुपका लक्ष्यमा सफलता मिल्नेछ भन्ने पुर्ण बिश्वासका साथ यस कार्यका लागि सहजीकरण एबम आवश्यक ब्यबस्थाका लागि श्री संघीय स्वास्थ्य तथा जनसख्या मन्त्रि ज्यूका PSO बराहक्षेत्र न पा २ निबासी श्री रोशन परियार ज्यू र यसका लागि समन्वय गरिदिनुहुने सम्पूर्ण महानुभाबहरुलाई हार्दिक आभार ब्यक्त गर्दछौं ।।
🙏🙏🙏
चतरा अस्पताल ।।







सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]