२८ आषाढ २०८२, शनिबार

बिषय: मिति २०७९ चैत्र ०१ देखि
नियमित औषधि सेवन गर्नुहुने सेवाग्राहीहरुलाई
पहेंलो कार्डको सट्टा रेकर्ड फाईल दिईने बारे ।
प्रस्तुत सम्बन्धमा यस चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/११/०३ गतेको निर्णय नं: ०६ अनुसार नियमित औषधि सेवन गर्नुहुने सेवाग्राहीहरुलाई हाल प्रयोग भईरहेको पहेंलो कार्डको सट्टा मिति २०७९ चैत्र ०१ गते देखि पुराना कागजातहरु समेत लिएर आउन सजिलो होस् भनि हाल ANC मा प्रयोग गरे जस्तै रेकर्ड फाईल डिजाईन गरी नियमित औषधि सेवन गर्ने सेवाग्राहीहरुलाई निशुल्क रुपमा रेकर्ड फाईल उपलब्ध गर्ने ब्यबस्था गरिएको व्यहोरा जानकारी सहित अनुरोध छ ।
सेवाग्राहीहरुले हरेक पटक आउँदा सो रेकर्ड फाईल अनिवार्य लिएर आउनुपर्नेछ भने अन्य बिषय एबम नियमहरु हालको औषधि लिने पहेंलो कार्डको जस्तै रहने व्यहोरा हार्दिक अनुरोध छ ।
सल्लाह एबम सुझाबका लागि:
श्री यम ब. भण्डारी
प्रबक्ता: चतरा अस्पताल
९७६५५८९८४०, ९८१५३८९४५५

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]