२८ आषाढ २०८२, शनिबार

बिषय: चतरा अस्पतालमा मिति २०७९ चैत्र ०१ देखि
प्लास्टिक झोलाहरुको बिकल्पहरु प्रयोग गरिने बारे ।
प्रस्तुत सम्बन्धमा यस चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/११/०३ गतेको निर्णय नं: ०४ अनुसार वातावरणीय स्वास्थ्य एबम सरसफाईलाई समेत मध्यनजर गर्दै यस चतरा अस्पतालमा सेवाग्राहीहरुलाई मिति २०७९/१२/०१ देखि लागु हुने गरी प्लास्टिक झोला बन्द (उपलब्ध नगरिने) गरि अन्य बिकल्प प्रयोग गरिने व्यहोरा निर्णयानुसार जानकारी गरिन्छ । बिकल्पका रुपमा सम्पूर्ण सेवाग्राहीहरुलाई निम्न अनुरोध एबम व्यवस्था गरिएको व्यहोरा अनुरोध छ ।
बिकल्पहरु:
१) सबै सेवाग्राहीहरुलाई प्लास्टिकको प्रयोग कम गर्नका लागि कपडाका झोला वा अन्य आफैसंग भएका झोलाहरु प्रयोगका लागि अनुरोध एबम प्रोत्साहन गरिनेछ ।
२) बिकल्पका रूपमा चतरा अस्पतालको लोगो सहितको छपाई भएको कपडाका झोलाहरु कोठा नं १५ मा रजिस्टरमा अभिलेखीकरण गरी तोकिएको रकम धरौटी राखी १५ दिन भित्र झोला फिर्ता गरेमा सम्पूर्ण रकम फिर्ता गरिने गरी झोला उपलब्ध गर्ने ब्यबस्था मिति २०७९/१२/०१ देखि लागु गरिने व्यहोरा जानकारी सहित अनुरोध छ ।
३) सेवाग्राहीहरुलाई स्वैच्छिक रुपमा आवश्यक पर्न सक्ने किसिमका कागज वा कपडाका झोलाहरु श:शुल्क रुपमा लैजान चहानुहुनेहरुका लागि समेत मिति २०७९/१२/०१ देखि आवश्यक व्यवस्था गरिनेछ ।
४) पुनश्च: ईमर्जेन्सी एबम आपतकालीन सेवाग्राहीहरुका लागि अस्पतालद्वारा नि:शुल्क रुपमा आवश्यक बैकल्पिक ब्यबस्था गरिनेछ ।
प्लास्टिकको कम प्रयोग, पुन प्रयोग एबम बैकल्पिक प्रयोगका लागि गरिएको यो प्रयासमा सबैजनाको संयुक्त साथ एबम सहयोग प्राप्त हुनेछ भन्ने पूर्ण बिस्वासका साथ कुनै बिशेष सुझाब भए अस्पताल प्रशासन समक्ष राखिदिनुहुन हार्दिक अनुरोध छ ।
सल्लाह एबम सुझाबका लागि:
श्री यम ब. भण्डारी, प्रबक्ता: चतरा अस्पताल, ९७६५५८९८४०, ९८१५३८९४५५

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]