२८ आषाढ २०८२, शनिबार

बिषय: प्रयोगशाला औजार उपकरण खरिद सम्बन्धि सूचना ।।

सूचना प्रकाशन मिति: २०७/१२/११ ।।

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल साबिक प्राथमिक स्वास्थ्य केन्द्र चतराको आ.ब.२०७९/०८० को ब्यबस्थापन समितिको आन्तरिक श्रोतको स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम “क्र.सं.०३ स्वास्थ्य औजार उपकरण खरिद” शिर्षक अन्तर्गत अस्पताल ब्यबस्थापन समितिको मिति २०७/११/०३ गतेको बैठक निर्णय नं: ०३ र मिति २०७९/१२/१० गतेको बैठक निर्णय नं: ०१ अनुसार यस अस्पतालमा ल्याबमा परिक्षणको गुणस्तरमा थप वृद्धि गरी गुणस्तरीय सेवा उपलब्ध गर्न अति आवश्यक रहेको निम्न उपकरणहरु खरिद एबम जडान कार्य सार्बजनिक खरिद ऐन २०६३ (पहिलो संसोधन २०७३) को दफा ८ को उपदफा १(क८) तथा सार्बजनिक खरिद नियामावली २०६४ (दशौँ संसोधन २०७७) को नियम ३१ (ख) बमोजिम त्यस्तो मेसिनरी उपकरण उत्पादक कम्पनि वा सोको आधिकारिक बिक्रेताहरु बीच मात्र प्रतिस्पर्धा गराउने (क्याटलग सपिंग) बिधिबाट खरिद गर्नुपर्ने भएकाले तपशिल शर्तहरु रहने गरि सरोकारवाला सम्बन्धित सबैका लागि यो १५ दिने सार्बजनिक सूचना प्रकाशन गरिएको छ ।

निम्न:

 

क्र.स उपकरणको नाम परिमाण ईकाई कैफियत
1 FULLY AUTOMATED E-CLIA (Electro- Chemiluminescence) MACHINE 1 SET
2 FULLY AUTOMATED BIOCHEMESTRY ANALYZER 1 set
3 WATER PURIFIER MEDIUM TYPE (AUTOMAMATIC RO/DI WATER) 1 SET

 

 

यी उपकरणहरुको पूर्ण विवरण (specification) सम्बन्धित उपकरणमा अनिवार्य रुपमा पेश गर्नुपर्ने परिक्षण केमिकलको दररेट अनुसूचीहरु चतरा अस्पतालको सूचना पार्टीमा वा अस्पतालको वेबसाईटको https://chatarahospital.p1.gov.np/details/download मा राखिएको छ । Specification र अनुसूचीहरुको word, excel वा pdf file आवश्यक परेमा chatarahospital@gmail.com मा इमेल मार्फत पनि माग गरि लिन सकिनेछ ।

तपशिल:-

  • निबेदन चतरा अस्पतालको प्रशासन शाखामा शिलबन्दी गरि वा इमेल chatarahospital@gmail.com मा पठाउन सकिनेछ । ईमेलमा निबेदन दिनुहुनेहरुले सबै आवश्यक कागजपत्र एबम पूर्ण रुपमा भरिएको specification र अनुसूचीहरुमा कार्यालयको छाप र आधिकारिक अधिकारिको दस्तखत गरी एकमुष्ठ pdf formate मा सम्बन्धित कार्यालयको छाप एबम अधिकारिको पठाउनुपर्नेछ ।
  • निबेदन दिने मिति र समय: मिति २०७/१२/१ गते देखि २०७/१२/२५ गते दिनको :०० बजे सम्म । यो अस्पताल सार्बजनिक बिदाका दिनमा समेत नियमित रुपमै खुल्ने हुँदा निबेदन दिने अन्तिम दिन सार्बजनिक बिदा परे पनि सोहि दिन र सोहि समय नै निबेदन दिने अन्तिम मिति र समय हुनेछ । कुनै पनि कारणबश सो मिति र समय भन्दा ढिला गरी प्राप्त कुनै पनि निबेदनहरु मान्य हुनेछैन ।
  • निबेदन खोल्ने मिति र समय: निवेदकहरुलाई निबेदन खोल्ने दिनको सूचना ४८ घण्टा अघि अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित/जानकारी गरिनेछ । निवेदकहरुको अनुपस्थितिले टेन्डर निबेदनहरु खोल्न चतरा अस्पताल ब्यबस्थापन समिति वा खरिद समितिलाई बाधा पर्नेछैन । छनौट दाबि बिरोध लगाएतको सूचना अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित गरिने हुँदा यस अस्पतालको वेबसाईट एबम फेसबुक पेज हेर्नुहुन अनुरोध छ ।
  • सेवा शुल्क दस्तुर: एक आपूर्तिकर्ताले जतिवटा सुकै उपकरणका लागि जति किसिमका प्रस्ताबहरु पेश गरे पनि एक आपूर्तिकर्ताका लागि सेवा शुल्क दस्तुर रु.दुई हजार रुपैया नै रहनेछ ।
  • संलग्न हुनु पर्ने कागजपत्रहरु: अस्पताललाई सम्बोधन गरिएको निबेदन संगै निबेदन दस्तुर तिरेको रसिद, PAN/VAT कार्डको प्रतिलिपि, संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, आधिकारिकता को प्रमाणपत्र (letter of authorization), आ.ब.२०७८/०७९ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ, यसका साथै आवश्यकता अनुरुप अस्पताल ब्यबस्थापन समितिले माग गरे बमोजिमका थप कागजपत्रहरु पेश गर्नुपर्नेछ ।
  • आपूर्तिकर्ताले आफुले उपलब्ध गराउने भनिएका उपकरणहरुको स्पेसीफिकेसन र पूर्ण रुपमा भरिएका तोकिएका अनुसूचीहरुसंग माग गरिएका सबै डकुमेन्ट (कागजपत्रहरु) निबेदनसंग अनिवार्य रुपमा पेश गर्नुपर्नेछ, उपकरणको रंगिन फोटोहरु उपलब्ध गराउनुपर्नेछ । उल्लेखित उपकरणहरुको वारेन्टी ग्यारेन्टीको बिषय र उपकरणको maintenance मर्मत सम्भारको बिषय स्पस्ट खुलेको हुनुपर्दछ ।
  • निवेदकले हरेक उपकरणद्वारा अत्याधिक परिक्षण गरिने परिक्षणका तोकिएका अनुसूचीहरुमा तोकिएका परिक्षणहरुको तोकिएको ढाँचामा प्रति परिक्षणको per unit costs स्पस्ट देखिने गरी अनिवार्य रुपमा सो अनुसूची समेत प्रमाणित गरी पेश गर्नुपर्नेछ । कुनै उपकरणमा पछी सोहि उपकरणमा मात्रै प्रयोग गर्न मिल्ने परिक्षण केमिकलहरु हुनसक्ने र त्यतिबेला सो परिक्षण केमिकलको शुल्क एबम उपलब्धतामा आपूर्तिकर्ताको मनोमानी हुन सक्नेहुँदा सम्बन्धित उपकरणका लागि प्राप्त हुने परिक्षणका दररेटहरु चतरा अस्पतालमा बार्षिक रुपमा तोकिएको समयसम्म खपत हुने परिक्षणलाई समेत तालिका बनाई सम्बन्धित उपकरण एबम सम्बन्धित उपकरणमा लाग्ने केमिकल खरिद छनौट यसै सूचनाको आधारमा मुल्यांकन गरिनेछ । सस्थाले आवश्यक ठानेमा दुवै पक्ष बीच आवश्यक समजदारी भएमा प्रयोगशाला केमिकलको खरिद साम्झौता अवधी २ आथिक बर्षको समेत हुन सक्ने छ ।
  • निवेदक वा आपूर्ति कर्ताले माथि उल्लेखित  सामग्री उपलब्ध गराउने भनिएको निबेदन संगै उक्त उपकरण कोशी प्रदेशको अन्य अस्पतालहरुमा समेत जडान भएको हुनेपर्नेछ साथै कोशी प्रदेश को कुन कुन  अस्पतालमा जडान भएको हो सो को विवरण समेत उपलब्ध गराउनु पर्ने छ, अन्यथा उक्त निबेदन मूल्यांकन को लागि समाबेस गरिनेछैन ।
  • उल्लेखित उपकरण यस अस्पताल सम्म ढुवानी, installation र कर्मचारीहरुलाई आवश्यक orientation निशुल्क रुपमा गर्नुपर्नेछ ।
  • यस सुचनामा उल्लेख गरेको specification अनुरुपको सामाग्रीहरुको निवेदकले अनिवार्य रुपमा कबुल मुल्य राख्नुपर्नेछ, यदपि निवेदकले यदि कुनै माग गरिएका उपकरण भन्दा भिन्न भिन्न बिकल्पहरु भएमा तिनको पनि specification र picture सहित कबुल मुल्य खुलाएर पेश गर्न सक्नुहुनेछ । साथै एकै निवेदक आपूर्तिकर्ताले एकै मेसिनका लागि समेत निम्न दुई किसिममा प्रस्ताब पेश गर्न सकिनेछ ।

निम्न:

  • प्रस्ताब किसिम एक:- आपूर्तिकर्ताले उल्लेखित कुनै उपकरण यस अस्पताललाई नि शुल्क दिने र तोकिएको समयसम्म त्यसको सबै मर्मतसंहार सबै निशुल्क रहने गरी सो उपकरणले परिक्षण गर्ने अनुसूचीमा भएका परिक्षणको दररेट प्रस्ताब पेश गर्न सकिनेछ ।
  • प्रस्ताब किसिम दुई:- सोहि आपूर्तिकर्ताले सोहि उपकरण निजद्वारा कबोल रकममा उपलब्ध गराउने प्रस्ताबमा तोकिएको समय सम्मका लागि सम्बन्धित उपकरणको परिक्षणहरुको अनुसूचीमा भएका परिक्षणको दररेट प्रस्ताब पेश गर्न सकिनेछ ।
  • निवेदकहरुसंग उपकरण आपूर्तिका बिषयमा कुनै बिशेष सल्लाह सुझाब वा मेसिन संचालनका लागि कुनै बिशेष पूर्वाधारहरु वा prerequisite भएमा निबेदनमा खुलाउनुपर्नेछ ।
  • निबेदनमा कबुल रकम खोल्दा अंक र अक्षर दुबैमा लेख्नु पर्नेछ, अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईनेछ ।
  • उपकरण installation गर्नुपर्ने समय: आपूर्तिकर्तासंग सम्झौता भएको मिति देखि अधिकतम १५ (पन्ध्र) दिन भित्र मेसिन installation गर्नुपर्नेछ ।
  • भुक्तानीको बिषय:
  • चतरा अस्पतालसंग सुरु पुंजी (capital amount) नभएको हुँदा, आपूर्तिकर्तालाई अस्पतालको हुँदै जाने आम्दानिबाट भुक्तानी दिंदै गईनेछ, अस्पतालले लिनु पर्ने पुरा भुक्तानिहरु जस्तै स्वास्थ्य बिमा बोर्ड लगाएतबाट समयमै पूर्ण भुक्तानी प्राप्त नभएमा आर्थिक बर्ष सकिने बेलामा भुक्तानी दिन बाँकी रकम लेखापरिक्षण गरी दायित्वमा देखाइनेछ ।
  • भुक्तानि दिदा सर्बप्रथम यसै प्रकृतिका साबिकका सम्झौताकर्ताहरुलाई तिर्न बाकि रहेको भुक्तानी पश्चात मात्रै भुक्तानी दिन सुरु गरिनेछ ।
  • आपूर्तिकर्ताले निजले कबोल गरी सम्झौता गरेअनुरुप उपकरणको मर्मतसंहार नगरेमा, कबोल गरे अनुरुपको परिक्षण केमिकल तोकिएको समयसम्म सोहि दररेटमा आवश्यक परिमाणमा नियमित रुपमा उपलब्ध नगरेमा चतरा अस्पताल सम्बन्धित आपूर्तिकर्तालाई भुक्तानी दिन बाँकि रकम भुक्तानी दिन बाध्य हुनेछैन एबम ब्यबस्थापन समितिको निर्णयानुसार नियमानुसारको आवश्यक थप कारबाही गर्नसक्नेछ ।
  • निबेदन दर्ताको तरिका:
  • ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदन अस्पतालको प्रशासन शाखामा निबेदन सहित सेवा शुल्क बापत रु.२,०००/- (दुई हजार रुपैया, फिर्ता नहुने गरि) को रसिद सहित शिलबन्दी गरी पेश गर्नुपर्नेछ, यद्यपि ईमेल मार्फत निबेदन दिन चाहनुहुनेहरुले chatarahospital@gmail.com मा आवश्यक सबै कागजपत्र एबम रसिद सहित ईमेल गर्न सक्नुहुनेछ र ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ तर आपूर्तिकर्तालाई निबेदन शिलबन्दी गरी अस्पताल प्रशासन शाखामा पेश गर्नुहुन अनुरोध गरिन्छ,
  • सेवा शुल्क रकम यस संस्थाको निम्न खातामा esewa वा IPS वा mobile banking मार्फत समेत भुक्तानी गरि पेश गर्न सक्नुहुनेछ,
  • बैंक खाता विवरण:
    1. बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा,
    2. खाताको नाम: चतरा अस्पताल
    3. English मा: Chatara Aspatal
    4. खाता नं: २१६०१००००४६६८००१
    5. English मा: 2160100004668001
  • आपुर्तिकर्ताको छनौट सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार अस्पतालको खरिद समिति र चतरा अस्पताल ब्यबस्थापन समितिमा निहित रहनेछ । आवश्यक थप सूचनाहरु पछि प्रकाशन गरिनेछ ।

थप जानकारीका लागि अस्पतालको सुचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११ वा ईमेल chatarahospital@gmail.com वा वेबसाईट: chatarahospital.p1.gov.np मा वा सूचना अधिकारी (९८५२०२६२८४) संग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ ।

 

………………..

डा अनिल गिरी

बोधार्थ:

  • श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी । :- नगरपालिकाको सूचना पार्टी एबम website मा यो सूचना राखिदिनुहुन अनुरोध छ ।
  • श्री स्वास्थ्य कार्यालय सुनसरी, ईनरुवा, सुनसरी । :- कार्यालयको सूचना पार्टीमा यो सूचना टाँसीदिनुहुन अनुरोध छ ।
  • श्री वडा कार्यालय, बराहक्षेत्र न पा: १ र २, सुनसरी । :- कार्यालयको सूचना पार्टीमा यो सूचना टाँसीदिनुहुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]