०४ साउन २०८२, शनिबार

विषयः प्रयोगशाला औजार उपकरण आपूर्तीकर्ता छनौट एवम् दावि / बिरोध बारे ।

 

प्रस्तुत बिषयमा यस चतरा अस्पतालमा आ.ब.०७९/०८० प्रयोगशाला औजार उपकरण आपुर्तीकर्ता छनौटको लागि मिति २०७९।१२।११ गते प्रकाशित सुचना अनुसार प्राप्त आपुर्तिकर्ता हरुको प्राप्त निवेदन हरु उपर मिति २०८०।०१।०५ गते यस अस्पताल व्यबस्थापन समिति सहितको छनौट समितिको बैठक द्वारा सिफारिस भएको एवम् यस अस्पताल व्यवस्थापन समितिको मिति २०७९।०१।१७ गतेको बैठक निर्णय अनुसार छनौट भएका तपशिल बमोजिमका आपूर्तिकर्ता आजको मिति देखि ७ दिन भित्र (२०८०।०१।२४ दिन को ४ बजे सम्म) आपुर्तिकर्ताले सम्झौताको लागि यस कार्यालयमा निवेदन दिनुहुन यो सुचना प्रकाशन गरिएको छ । अन्यथा यस अस्पताल द्वारा अन्य विकल्पहरुको लागि प्रक्रिया अघि बढाईने व्यहोरा समेत जानकारी गरिन्छ ।

 

तपशिल

क्र.स सामग्री को नाम आपुर्तिकर्ताको नाम दर्ता नं कैफियत
FULLY AUTOMATED E-CLIA MACHINE नेशनल सर्जिकेम बिराटनगर १५३ छनौट
FULLY AUTOMATED BIO CHEMESTRY MACHINE हस्पिल्याब ट्रेडिंग प्रा.लि बिराटनगर १५२ छनौट
WATER PURIFIER ( WATER PLANT) हस्पिल्याब ट्रेडिंग प्रा.लि बिराटनगर १५२ छनौट

 

 

साथै छनौट हुने भन्दा बाहेकका अन्य निवेदक आपुर्तिकर्ताले कुनै पनि दाबी बिरोध भएमा मिति २०८०।०१।२१ गते दिनको ४ बजे सम्म यस अस्पतालको प्रशासन शाखामा लिखित रुपमा निबेदन दिनुहुन अनुरोध छ ।

 

बोधार्थ

१ श्री बराहक्षेत्र नगरपालिका चक्रघट्टी सुचना पार्टीमा सुचना टाँस गरिदिनुहुन ।

२ श्री बडा नं. १ र २ को कार्यालय बराहक्षेत्र नगरपालिका सुचना पार्टीमा सुचना टाँस गरिदिनुहुन ।

 

 

 

                                                    …………….

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]