बिषय:- स्वास्थ्य बिमा कार्ड बारे ।
प्रस्तुत सम्बन्धमा बिबिध कारणबश स्वास्थ्य बिमितहरुले अस्पताल आउँदा स्वास्थ्य बिमा कार्ड नलिई आउने अवस्थामा सेवाग्राहीहरुलाई सहजतापुर्बक स्वास्थ्य सेवा प्रबाहका लागि सेवाग्राहीहरुको नागरिक एप वा स्वास्थ्य बिमा एप मार्फत स्वास्थ्य बिमा नं उपलब्ध भएमा वा मोबाईलमा रहेको स्वम्को स्वास्थ्य बिमा कार्डको तस्बिर उपलब्ध भएमा वा कुनै पनि माध्यमबाट स्वम्को तस्बिर समेत अपलोड रहेको स्वास्थ्य बिमा कार्डको नं उपलब्ध गरेमा चतरा अस्पतालमा स्वास्थ्य सेवा लिन सहजीकरण गरिने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८०/०३/२४ गतेको बैठक निर्णय नं ११ अनुसार सम्बन्धित सम्पूर्ण सेवाग्राहीहरुमा जानकारी गरिन्छ ।
यद्यपि स्वास्थ्य बिमा कार्डमा सम्बन्धितको फोटो अपलोड नभएको अवस्थामा अस्पतालद्वारा सेवा उपलब्ध नहुने र कोहि पनि सेवाग्राहिहरुले आफु बाहेकको स्वास्थ्य बिमा कार्ड प्रयोग गर्न खोजेमा प्रचलित नियमानुसार कारबाही हुने व्यहोरा जानकारी गरिन्छ ।
यसरि स्वास्थ्य बिमा कार्ड नल्याउँदा कम्पुटरमा खोज्न र एकिन गर्न समय लाग्ने भई टिकट काट्ने स्थानमा ढिलाई हुने व्यहोरा पनि समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।
साथै अन्य अस्पतालहरुमा स्वास्थ्य सेवा लिन वा रिफर हुन अनिवार्य रुपमा स्वास्थ्य बिमा कार्ड लिई जानुपर्ने भएको हुँदा फोटो अपलोड सहितको स्वास्थ्य बिमा कार्ड लिई आउने बानि बसाल्नु नै सर्बोत्तम सहजता हुने पनि सम्पूर्ण महानुभाबहरुलाई यसै सूचना मार्फत जानकारी सहित अनुरोध गरिन्छ ।
नोट:
थप बिषयमा स्वास्थ्य बिमा शाखा (१५ नं) मा सम्पर्क गर्नुहुन अनुरोध छ ।