२८ आषाढ २०८२, शनिबार

बिषय: आँखा उपचार सेवा
स्थगन हुने बारे सूचना ।
प्रस्तुत बिषयमा नेपाल नेत्र ज्योति संघ अन्तर्गतको ईटहरी आँखा अस्पताललाई नेपाल नेत्र ज्योति संघ अन्तर्गतको बिराटनगर आखा अस्पताल रानी, बिराटनगरलाई सम्पूर्ण ब्यबस्थापन सहितको जिम्मेवारी एवम् हस्तान्तरण हुने भएकाले अर्को सूचना प्रकाशन नहुँदा सम्मका लागि चतरा अस्पताल र ईटहरी आँखा अस्पताल बीच सम्झौता भई संचालन रहेको चतरा अस्पतालको आँखा उपचार कक्ष द्वारा उपलब्ध हुने सबै सेवाहरु स्थगन हुने व्यहोरा सम्बन्धित सम्पूर्ण सेवाग्राहीहरुलाई यसै सूचना मार्फत जानकारी गरिन्छ ।
ईटहरी आँखा अस्पतालको जिम्मेवारी बिराटनगर आँखा अस्पतालले लिए पश्चात बिराटनगर आँखा अस्पतालसंग चतरा अस्पतालको पुन: सम्झौता भए पश्चात मात्र आँखा उपचार सेवा संचालन हुने व्यहोरा समेत जानकारी गरिन्छ ।
साथै यस बिचमा चश्मा तथा शिशा अर्डर गर्नुभएका सेवाग्राहीहरुको सेवा पनि केहि समय स्थगन नै रहने व्यहोरा जानकारी गरिन्छ । यसबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधाका लागि क्षमा प्रार्थी छौं । सेवा सुचारु हुना साथै पुन: सूचना प्रकाशन गरि जानकारी गरिनेछ ।

नोट:
चस्मा फ्रेम वा शिशा अर्डर सम्बन्धि जानकारी लिन ९८२६३६०८७२ मा र
अन्य थप जानकारी एबम समन्वयका लागि ९८६२८१२०४० मा सम्पर्क गर्नुहुन अनुरोध छ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]