बिषय:- सुझाब संकलन एबम अन्तरक्रिया कार्यक्रममा
उपस्थिति बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको ब्यबस्थापन समितिको मिति २०८०/०४/१३ गतेको बैठकको निर्णयानुसार आ.ब.२०८०/०८१ को “बार्षिक नीति तथा कार्यक्रम” का लागि तपशिलको मिति समय र स्थानमा “सुझाब संकलन एबम अन्तरक्रिया कार्यक्रम” संचालन हुन गईरहेको हुँदा: बराहक्षेत्र न पा १ र २ का सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, सम्पूर्ण राजनीतिक दलहरुका प्रमुख/प्रतिनिधि ज्यूहरु, नि. समितिका पदाधिकारी एबम सदस्य ज्यूहरु, नि. सल्लाहकार ज्यूहरु, महिलास्वंसेविका ज्यूहरु, पत्रकार ज्यूहरु एबम ईच्छुक सम्पूर्ण स्थानीय सेवाग्राही महानुभाब ज्यूहरुलाई गरिमायम उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
तपशिल:
मिति: २०८०-०४-१५ गते सोमबार
स्थान: चतरा अस्पतालको मूल भवन माथिको खाली भाग,
समय: बिहानको १०:०० बजे ।
प्रशासन शाखा
चतरा अस्पताल
