बिषय: करार सेवामा लिने बारे सूचना ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा सेवाग्राहीहरुको चाप अत्याधिक बढिरहेको हुँदा स्वास्थ्य सेवालाई थप गुणस्तरीय तथा ब्यबस्थित गर्न ब्यबस्थापन समितिको आन्तरिक श्रोत बाट ब्यबस्थापन हुने गरी निम्नानुसारको पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८०/०४/१३ को निर्णयानुसार रिक्त पदमा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
१) आवश्यक कर्मचारीको पद र संख्या:
क) हे.अ (हेल्थ असिस्टेन्ट). : एक जना ।
ख) स्टाफ नर्स : एक जना ।
ग) बराहक्षेत्र न.पा वार्ड नं २ को स्वास्थ्य बिमा दर्ता सहयोगी : एक जना।
२) न्युनतम योग्यता:
क) बुंदा न क र ख पदका उमेद्वारहरुका लागि मान्यता प्राप्त संस्थाबाट सम्बन्धित पदका लागि तोकिएको सम्बन्धित बिषय उतिर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको नेपाली नागरिक हुनुपर्नेछ,
ख) बुंदा न ग पदका उमेद्वारहरुका लागि मान्यता प्राप्त संस्थाबाट +२ वा सो सरह उतिर्ण गरेको, सम्बन्धित वडाको महिला स्वास्थ्य स्वयंसेविकाको हकमा SLC वा SEE उतिण गरेको, कम्प्युटर सम्बन्धि ज्ञान भएको, बराहक्षेत्र नगरपालिका वडा नं २ मा बिबाह दर्ता भई स्थाईरुपमा बसोबास गर्ने बिबाहित महिला हुनुपर्नेछ।
३) पेश गर्नुपर्ने कागजपत्रहरु: अन्तर्वार्ताका दिन सक्कलै कागजपत्र सहित उपस्थित हुनुपर्नेछ ।
क) नेपाली नागरिकताको प्रतिलिपि र सम्बन्धित पदमा आवश्यक सम्पूर्ण कागजातको प्रतिलिपि ।
ख) बुंदा नं क,ख र ग का लागि SLC/SEE देखि न्युनतम योग्यतामा उल्लेख भएका योग्यताको प्रमाणपत्र प्रतिलिपिहरु।
४) आबेदन शुल्क: रु. पांच सय आबेदन शुल्क लाग्नेछ ।
५) छनौट तरिका: कर्मचारी छनौट समितिको निर्णयानुसार लिखित प्रयोगात्मक र अन्तरबार्ता हुनेछ ।
६) सेवा सुबिधा:
: चतरा अस्पताल ब्यबस्थापन समितिको निर्णयानुसार ।
७) निबेदन दर्ताको तरिका:
निबेदन https://chatarahospital.p1.gov.np/details/download बाट download गर्न सकिनेछ वा अस्पताल प्रशासन शाखाबाट लिन सकिनेछ ।
क) अस्पतालमा आएर: ईच्छुक निवेदकले आवश्यक कागजपत्रहरु CV र निबेदन अस्पतालको प्रशासन शाखामा कार्यालयको काउन्टरमा बुझाएको निबेदन दस्तुरको रसिद सहित पेश गर्न सकिनेछ ।
ख) ईमेल मार्फत: आवश्यक सम्पूर्ण कागजपत्रहरुको स्क्यान गरी निबेदन दस्तुर Esewa, IPS वा बैंक दाखिला गरी सो भौचर सहित इमेल मार्फत समेत निबेदन पेश गर्न सक्नुहुनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ ।
ग) बैंक खाता विवरण: बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा, सुनसरी
a. खाताको नाम: चतरा अस्पताल English मा: Chatara Aspatal
b. खाता न.: २१६०१००००४६६८००१ English मा: 2160100004668001
८) निबेदन दिने समय: मिति २०८०/०४/१९ गते देखि मिति २०८०/०४/२६ गते दिनको ४:०० बजे सम्म मात्र । यस चतरा अस्पतालमा सार्बजनिक बिदामा समेत सबै सेवा सुचारु भईरहने र ईमेल मार्फत समेत आबेदन दिन सकिने हुँदा सो अन्तिम दिन यदि सार्बजनिक बिदा पर्न गएमा समेत सोहि दिन निबेदन दिने अन्तिम दिन र समय हुनेछ ।
९) अन्तर्बार्ताको मिति: अन्तर्बार्ताका बारेमा सम्बन्धित निवेदकहरुलाई सूचना प्रकाशन गरी सुचित गरिनेछ, सो का लागि यस अस्पतालको वेबसाईट र फेसबुकमा समेत सूचना राखिनेछ, अन्तरबार्ता सम्बन्धि सूचना सम्बन्धित पदका सबै उमेद्वारहरुलाई निजहरुको मोबाईलमा समेत सम्पर्क गरि सुचित गरिने हुदा निवेदकहरुले निबेदनमा फोन नं हरु (बैकल्पिक फोन नं सहित) अनिवार्य रुपमा लेख्नुहुन अनुरोध छ ।
१०) ONLINE फर्म भर्नुहुने महानुभाबहरुलाई कुनै द्वबिधा भएमा कृपया अस्पताल प्रशासन शाखामा सम्पर्क गरेर एकिन गरेर पूर्ण रुपमा भरिएको फर्म पठाउनुहुन अनुरोध छ ।
११) कर्मचारी छनौट सम्बन्धि सम्पूर्ण अधिकार ब्यबस्थापन समितिमा निहित रहनेछ ।
थप जानकारीका लागि चतरा अस्पतालको सुचना पार्टी वा प्रशासन शाखा ९८१६३३८६१४ वा ९८०७३९२३०४ वा ९८६२८१२०४० वा ०२५-५५००११ वा वेबसाईट: chatarahospital.p1.gov.np वा ईमेल chatarahospital@gmail.com मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
बोधार्थ:
१) श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी ।:- यस नगरपालिकाको सूचना पार्टी एबम website मा राखिदिनुहुन अनुरोध छ ।
२) श्री १ र २ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी ।:- यस कार्यालयको सूचना पार्टीमा टासीदिनुहुन अनुरोध छ।