०४ साउन २०८२, शनिबार

बिषय: दरभाउ प्रस्ताब माग सम्बन्धि सूचना ।।
सूचना प्रकाशन मिति: २०८०/०५/०२ ।।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०४/३० गतेको बैठक तथा खरिद समितिको मिति २०८०/५/०१ गतेको बैठकद्वारा चतरा अस्पतालमा हाल डेंगु रोगको महामारीका कारण यस अस्पतालमा बेडको अभाव भइरहेको हुदा तपशिल बमोजिमका बिरामी बेड एबम स्वास्थ्य सामाग्री सार्बजनिक खरिद ऐनको दफा ४१ र सार्बजनिक खरिद नियमावलीको नियम ८५ को उपनियम १क) र उपनियम ४ बमोजिम लिखित रुपमा दरभाउ/प्रस्ताब माग गरी खरिद गर्ने निर्णयानुसार निम्न शर्तहरु रहने गरी सम्बन्धित सबैको लागि यो सात दिने सार्बजनिक सूचना प्रकाशन गरिएको छ ।
निम्न:
क्र.स. विवरण आवश्यक संख्या
1 Two crank ABS Head and Foot Panel Hospital bed with IV pole and Side Rail with Mattress ७
2 Bed side locker ABS ७
3 Bed side tool (steel) १०
4 Medicine emergency caster trolley १
5 Patient trolley १
यी उपकरणहरुको पूर्ण विवरण (specification) चतरा अस्पतालको वेबसाईटको https://chatarahospital.p1.gov.np/details/download मा राखिएको छ । Specification हरुको word file वा pdf file आवश्यक परेमा निबेदकहरुले अस्पतालको इमेल chatarahospital@gmail.com मार्फत प्राप्त गर्न सक्नुहुनेछ ।
शर्तहरु:-
१) दरभाउ प्रस्ताब चतरा अस्पतालको प्रशासन शाखामा शिलबन्दी गरि वा इमेल chatarahospital@gmail.com मा पठाउन सकिनेछ र ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ । ईमेलमा निबेदन दिनुहुनेहरुले सबै आवश्यक कागजपत्र एबम specification तथा सम्बन्धितको catalogue हरु समेत pdf formate मा पठाउनुपर्नेछ ।
२) दरभाउ प्रस्ताबमा अनिवार्य रुपमा सम्बन्धित संस्थाको छाप, आधिकारिक दस्तखत र प.सं. एबम चलानी नं हुनुपर्नेछ ।
३) निबेदन दिने मिति र समय: मिति २०८०/०५/०३ गते देखि २०७९/०५/१० गते दिनको ४:०० बजे सम्म । यो अस्पताल सार्बजनिक बिदाका दिनमा समेत नियमित रुपमै खुल्ने हुदा निबेदन दिने अन्तिम दिन सार्बजनिक बिदा परे पनि सोहि दिन र सोहि समय नै निबेदन दिने अन्तिम मिति र समय हुनेछ । सो मिति र समय भन्दा पछाडिका कुनै पनि निबेदन मान्य हुनेछैन ।
४) दरभाउ प्रस्ताब खोल्ने मिति र समय: दरभाउ प्रस्ताब मिति २०८०/०५/११ गते सोमबारका दिन खोलि अध्ययन मुल्यांकन गरिनेछ । सो दिन निवेदकहरु सबैलाई उपस्थित हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ तर निवेदकहरुको अनुपस्थितिले दरभाउ निबेदनहरु खोल्न मुल्यांकन समितिलाई बाधा पर्नेछैन । छनौट दाबि बिरोध लगाएतको सूचना अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित गरिनेछ ।
५) निबेदन दस्तुर लाग्ने छैन ।
६) संलग्न हुनु पर्ने कागजपत्रहरु: अस्पताललाई सम्बोधन गरिएको निबेदनका साथै सम्बन्धित संस्थाको PAN/VAT को प्रतिलिपि, संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्र वा म्याद थप पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ, यसका साथै आवश्यकता अनुरुप खरिद/मुल्यांकन समिति तथा ब्यबस्थापन समितिले माग गरे बमोजिमका थप कागजपत्रहरु पेश गर्नुपर्नेछ ।
७) आपूर्तिकर्ताले आफुले उपलब्ध गराउने भनिएका उपकरण/सामाग्रीहरुको स्पेसीफिकेसन संगसंगै क्याटलग एबम माग गरिएका सबै कागजपत्रहरु निबेदनसंग अनिवार्य रुपमा पेश गर्नुपर्नेछ, उपकरण/सामाग्रीहरुको क्याटलग एबम रंगिन फोटोहरु अनिवार्य उपलब्ध गराउनुपर्नेछ । उल्लेखित उपकरणहरुको वारेन्टी ग्यारेन्टीको बिषय र उपकरणको maintenance/मर्मत सम्भारको बिषय स्पस्ट खुलेको हुनुपर्दछ ।
८) उल्लेखित उपकरण यस अस्पताल सम्म ढुवानी र जडान निशुल्क रुपमा गर्नुपर्नेछ ।
९) यस सुचनामा उल्लेख गरेको specification अनुरुपको सामाग्रीहरुको निवेदकले अनिवार्य रुपमा कबुल मुल्य राख्नुपर्नेछ, यदपि निवेदकले यदि कुनै माग गरिएका उपकरण भन्दा भिन्न भिन्न बिकल्पहरु भएमा तिनको पनि specification, catalogue र picture सहित कबुल मुल्य खुलाएर पेश गर्न सक्नुहुनेछ ।
१०) निबेदनमा कबुल रकम खोल्दा अंक र अक्षर दुबैमा लेख्नु पर्नेछ, अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईनेछ ।
११) सामाग्री उपलब्ध गर्नुपर्ने समय: आपूर्तिकर्ता छनौट भएको तीन दिन भित्र चतरा अस्पतालमा सामाग्री आपूर्ति गरी जडान गरिसक्नुपर्नेछ ।
१२) भुक्तानीको बिषय:
क) चतरा अस्पतालसंग सुरु पुंजी (capital amount) नभएको हुँदा, आपूर्तिकर्तालाई अस्पतालको हुदै जाने आम्दानिबाट भुक्तानी दिदै गईनेछ, अस्पतालले लिनु पर्ने पुरा भुक्तानिहरु समयमै पूर्ण भुक्तानी प्राप्त नभएमा आर्थिक बर्ष सकिने बेलामा भुक्तानी दिन बाकि रकम लेखापरिक्षण गरी दायित्वमा देखाइनेछ ।
ख) भुक्तानि दिदा सर्बप्रथम यसै प्रकृतिका साबिकका सम्झौताकर्ताहरुलाई तिर्न बाकि रहेको भुक्तानी पश्चात मात्रै भुक्तानी दिन सुरु गरिनेछ ।
१३) आपुर्तिकर्ताको छनौट सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार अस्पतालको खरिद/मुल्यांकन समिति र ब्यबस्थापन समितिमा निहित रहनेछ । आवश्यक थप सूचनाहरु पछि प्रकाशन गरिनेछ ।
थप जानकारीका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८१६३३८६१४ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

बोधार्थ:
१) श्री बराहक्षेत्र नगरपालिका: श्री बराहक्षेत्र नगरपालिकाको सुचना पार्टी, फेसबुक पेज र वेबसाईटमा यो सूचना राखिदिनुहुन हार्दिक अनुरोध छ ।
२) श्री १ र २ नं वडा कार्यालय: सूचना पार्टीमा सूचना टाँस गरिदिनुहुन हार्दिक अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]