बिषय:- स्वास्थ्य बिमितहरुलाई अत्यन्त जरुरि सूचना ।
प्रस्तुत सम्बन्धमा नेपाल सरकार स्वास्थ्य बिमा बोर्डद्वारा संचालित स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध स्वास्थ्य बिमितहरुलाई तपशिल बमोजिमको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
१) फोटो अपलोड अनिवार्य गर्नुपर्ने:
स्वास्थ्य बिमितहरुले आ-आफ्नो फोटो सम्बन्धितको बिमा कार्डमा अनिवार्य रुपमा अपलोड गर्नुपर्नेछ । फोटो अपलोड गरेको विवरण स्वास्थ्य बिमा कार्डको पछाडी नभएमा काउन्टर (१६ नं) बाट सम्बन्धित सेवाग्राहिहरुलाई कार्यालय समयमा फोटो अपलोडका लागि स्वास्थ्य बिमा शाखा (१५ नं) मा पठाईनेछ । ईमरजेन्सीका सेवाग्राहीहरुको हकमा अनुकुल समयमा गर्नुहुन अनुरोध गरिनेछ ।
२) मङ्सिर सुरुदेखि सुचारु हुने स्वास्थ्य बिमाका लागि असोज २० गतेसम्म समय:
२०८० मङ्सिर सुरु देखि सुचारु हुनका लागि २०८० कार्तिक मसान्त सम्म म्याद रहेकाहरुले नबिकरण गर्न वा नयाँ बनाउनुपर्ने सेवाग्राहीहरुले २०८० असोज २० गतेसम्म स्वास्थ्य बिमा शाखा (१५ नं) मा सम्पर्क गरि स्वास्थ्य बिमा नबिकरण वा नयाँ बनाउन अनुरोध छ ।
नोट: मिति २०८० असोज २० देखि असोज मसान्त सम्ममा स्वास्थ्य बिमा नबिकरण वा नयाँ बनाउन चाहानुहुने सेवाग्राहिहरु स्वम राष्ट्रिय बाणिज्य बैंकमा दस्तुर दाखिला गर्न गई स्वम स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय ईनरुवा सुनसरी जानुपर्ने बिषय समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।
सम्पर्क:
स्वास्थ्य बिमा सम्बन्धि अन्य जानकारीका लागि कार्यालय समयमा निम्न न मा सम्पर्क गर्नुहुन अनुरोध छ:
बराहक्षेत्र न पा १ का लागि: नगिना बानिया: ९८२९३९६४६५
बराहक्षेत्र न पा २ का लागि: बिणा लामा: ९८२१८६९२५२