बिषय: फार्मेसी अधिकृत (बि-फार्म) करार सेवामा लिने बारे सूचना ।
प्रथम पटक प्रकाशित सूचना: मिति २०८०/०४/२७
दोश्रो पटक प्रकाशित सूचना: मिति २०८०/०५/०९
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा स्वास्थ्य सेवालाई थप गुणस्तरीय एवम् व्यवस्थित गर्न अस्पताल ब्यबस्थापन समितिको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी निम्नानुसारको रिक्त पदमा कर्मचारीहरु नियुक्ति गर्न दोश्रो पटक सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८०/०५/०९ को निर्णयानुसार सम्बन्धित सबैको लागि यो एक महिने सार्बजनिक सूचना प्रकाशन गरिएको छ ।
निम्न:
१) आवश्यक कर्मचारीको पद र संख्या:
क) फार्मेसी अधिकृत (बि-फार्मेसी): एक जना ।
२) न्युनतम योग्यता:
क) फार्मेसी अधिकृत (बि-फार्म) को लागि मान्यता प्राप्त संस्थाबाट सम्बन्धित पदका लागि तोकिएको सम्बन्धित बिषय उतिर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको नेपाली नागरिक हुनुपर्ने र सम्बन्धित काउन्सिलमा दर्ता पश्चात सम्बन्धित पदमा कम्तिमा पनि दुई बर्ष सरकारी वा सामुदायिक स्वास्थ्य संस्थामा अधिकृत स्तर मै कार्यरत रहेको कार्य अनुभबको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ,
३) पेश गर्नुपर्ने कागजपत्रहरु: माथि न्यूनतम योग्यतामा उल्लेख भए बमोजिमका सबै प्रमाणपत्र/अनुभब/कागजपत्रहरुको पछाडी सक्कल बमोजिम नक्कल ठिक छ भनि निवेदक स्वमले सहि/छाप गरी पेश गर्नुपर्नेछ । अन्तर्वार्ताका दिन उल्लेखित सबै कागजपत्र सक्कलै सहित उपस्थित हुनुपर्नेछ ।
४) आबेदन शुल्क: बि-फार्मका लागि रु.एक हजार आबेदन शुल्क लाग्नेछ ।
५) छनौट तरिका: कर्मचारी छनौट समितिको निर्णयानुसार लिखित प्रयोगात्मक र अन्तरबार्ता हुनेछ । (नोट: फार्मेसी अधिकृत फार्मेसी बिभाग प्रमुख रहने/रहनुपर्ने हुँदा औषधिको बिषयगत ज्ञानका साथै सार्बजनिक खरिद ऐन/नियमावलीको ज्ञान, कम्पुटर सिप/एक्षेल्को ज्ञान, फार्मेसी सफ्टवेयर/बिलिंग सफ्टवेयरको ज्ञान, औषधिको बिल पर्चेज/रिटर्न/स्टक गणनाको ज्ञान, टिप्पणी आदेश, डिउटी रोस्टर तयार गर्ने/गराउने, काउन्सिलिंग गर्न सक्ने सिप लगायतका ज्ञान/सिपहरुको समेत लिखित प्रयोगात्मक एबम अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गरिन्छ, यसर्थ फार्मेसी प्रमुख हुन आवश्यक सम्बन्धित सबै पक्षको ज्ञान/सिपका आधारमा परिक्षा हुने हुँदा छनौटको आधार शैक्षिक योग्यता मात्रको मुल्यांकन हुनेछैन)
६) सेवा सुबिधा:
: फार्मेसी अधिकृत (बि-फार्म) लाई अस्पतालले तोके बमोजिम डिउटी गरेमा नेपाल सरकारको सातौँ तहको सुरु तलब (रु.४५,८५१/-) एवम् सो तलबको २०% सामाजिक सुरक्षा कोष तथा डिउटी समय अनुसार अन्य कर्मचारीहरुलाई दिईने सरह खाजा/नास्ताको सुबिधा र मिलेर बस्न सक्नेलाई आबासको सुबिधा उपलब्ध गरिनेछ ।
७) निबेदन दर्ताको तरिका:
निबेदन https://chatarahospital.p1.gov.np/details/download बाट download गर्न सकिनेछ वा अस्पताल प्रशासन शाखाबाट लिन सकिनेछ ।
क) अस्पतालमा आएर: ईच्छुक निवेदकले आवश्यक कागजपत्रहरु CV र निबेदन अस्पतालको प्रशासन शाखामा कार्यालयको काउन्टरमा बुझाएको निबेदन दस्तुरको रसिद सहित पेश गर्न सकिनेछ ।
ख) ईमेल मार्फत: आवश्यक सम्पूर्ण कागजपत्रहरुको स्क्यान गरी निबेदन दस्तुर Esewa, IPS वा बैंक दाखिला गरी सो भौचर सहित इमेल मार्फत समेत निबेदन पेश गर्न सक्नुहुनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ ।
ग) बैंक खाता विवरण: बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा, सुनसरी
a. खाताको नाम: चतरा अस्पताल English मा: Chatara Aspatal
b. खाता न.: २१६०१००००४६६८००१ English मा: 2160100004668001
८) निबेदन दिने समय: मिति २०८०/०५/१० गते देखि मिति २०८०/०६/०९ गते दिनको ४:०० बजे सम्म मात्र । यस चतरा अस्पतालमा सार्बजनिक बिदामा समेत सबै सेवा सुचारु भईरहने र ईमेल मार्फत समेत आबेदन दिन सकिने हुँदा सो अन्तिम दिन यदि सार्बजनिक बिदा पर्न गएमा समेत सोहि दिन निबेदन दिने अन्तिम दिन र समय हुनेछ ।
९) अन्तर्बार्ताको मिति: अन्तर्बार्ताका बारेमा सम्बन्धित निवेदकहरुलाई सूचना प्रकाशन गरी सुचित गरिनेछ, सो का लागि यस अस्पतालको वेबसाईट र फेसबुकमा समेत सूचना राखिनेछ, अन्तरबार्ता सम्बन्धि सूचना सम्बन्धित पदका सबै उमेद्वारहरुलाई निजहरुको मोबाईलमा समेत सम्पर्क गरि सुचित गरिने हुदा निवेदकहरुले निबेदनमा फोन नं हरु (बैकल्पिक फोन नं सहित) अनिवार्य रुपमा लेख्नुहुन अनुरोध छ ।
१०) ONLINE फर्म भर्नुहुने महानुभाबहरुलाई कुनै द्वबिधा भएमा कृपया अस्पताल प्रशासन शाखामा सम्पर्क गरेर एकिन गरेर पूर्ण रुपमा भरिएको फर्म पठाउनुहुन अनुरोध छ ।
११) कर्मचारी छनौट सम्बन्धि सम्पूर्ण अधिकार कर्मचारी छनौट समिति वा ब्यबस्थापन समितिमा निहित रहनेछ ।
थप जानकारीका लागि चतरा अस्पतालको सुचना पार्टी वा प्रशासन शाखा ९८१६३३८६१४ वा ९८६२८१२०४० वा ०२५-५५००११ वा वेबसाईट: chatarahospital.p1.gov.np वा ईमेल chatarahospital@gmail.com मा सम्पर्क गर्नुहुन अनुरोध छ।
बोधार्थ:
१) श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी ।:- नगरपालिकाको सूचना पार्टी फेसबुक र वेबसाईटमा यो सूचना प्रकाशन गरिदिनुहुन हार्दिक अनुरोध छ ।
२) श्री १ र २ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी ।:- यस वडा कार्यालयको सूचना पार्टीमा टाँसगरिदिनुहुन हार्दिक अनुरोध छ ।

