बिषय:- भर्ना भएका सेवाग्राहीका लागि सामुहिक राउण्ड र
कन्फेरेन्सको समय सम्बन्धमा ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा भर्ना हुनुहुने प्राय सेवाग्राहीहरुद्वारा वार्डमा दिनमा कम्तिमा एक पटक अस्पतालका सबै चिकित्सकहरुले एकै पटक सामुहिक रुपमा राउण्ड लिन मिल्ने गरि व्यवस्थाका लागि गरिएको अनुरोधका साथै दिनमा एक पटक सबै चिकित्सकहरुद्वारा भर्ना भएका वा ईमरजेन्सी/डेलिभरी तथा ओ पी डी का बिशेष सेवाग्राहीहरुको बिषयमा सामुहिक रुपमा एक आपसमा छलफल गर्न भएका ज्ञान सिप अनुभब साटासाट गर्न एबम सोहि सम्बन्धमा आवश्यक सहकार्य समन्वय गरि चतरा अस्पतालमा आउनुहुने सेवाग्राहीहरुलाई उपलब्ध श्रोत साधनको अधिकतम उपयोग गरी थप गुणस्तरीय स्वास्थ्य सेवा प्रबाह गर्न दैनिक रुपमा निम्न समयमा सामुहिक राउण्ड एबम कन्फेरेन्स हुने बिषय सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
सामुहिक राउण्डको समय:
हरेक बिहान १०:०० बजे देखि १०:३० बजेसम्म
कन्फेरेन्सको समय:
हरेक दिन दिनको ४:३० बजे देखि ५:०० बजेसम्म
बिशेष अनुरोध:
१) माथि उल्लेखित समयका लागि चिकित्सकीय ओ पी डी सेवा भन्दा बाहेक अन्य सबै सेवाहरु यथावत रुपमा संचालन रहनेछन् ।
२) भर्ना हुने सेवाग्राहीहरुको संख्या कम भए पछी सामुहिक राउण्ड र कन्फेरेन्सलाई दिनको एक समय मात्र हुने गरी ब्यबस्था गरिनेछ ।
३) ईमरजेन्सी तथा डेलिभरी लगाएतका सेवाग्राहीहरुका कारण कहिलेकाँही माथि उल्लेखित समयमा परिस्थिति अनुसारको केहि सामान्य परिमार्जन हुन सक्नेछन् ।