बिषय:- एम्बुलेन्स सेवा सुरु भएको जानकारी सम्बन्धि सूचना ।
प्रस्तुत सम्बन्धमा नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखा चतरालाई भारतीय राजदुताबास काठमाण्डौद्वारा प्राप्त एम्बुलेन्स संचालन गर्न मिति २०८०/०४/२२ गते ने.रे.सो. बराहक्षेत्र उपशाखा र चतरा अस्पतालको संयुक्त बैठकद्वारा एम्बुलेन्स सेवा संचालन एबम जनशक्ति ब्यबस्थापन सम्बन्धि सम्झौता गर्ने निर्णयानुसार मिति २०८०/०४/२६ गते भएको सम्झौता बमोजिम आज मिति २०८०/०५/१४ गते देखि नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखा र चतरा अस्पतालको संयुक्त सहकार्यमा एम्बुलेन्स सेवा संचालन सुरु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
साथै एम्बुलेन्स उपलब्ध गर्न र एम्बुलेन्स सेवा संचालन गर्नका लागि बिभिन्न समयमा साथ एबम सहयोग पुर्याउनुहुने महानुभाब एबम संघ/संस्थाहरु सबैलाई ने.रे.सो. बराहक्षेत्र उपशाखा र चतरा अस्पताल संयुक्त रुपमा हार्दिक आभार व्यक्त गर्दछौं ।
हरिकृष्ण भट्टराई होम प्रसाद गौतम
सभापति वडाध्यक्ष एवम् अध्यक्ष
ने.रे.सो. बराहक्षेत्र उपशाखा चतरा चतरा अस्पताल
एम्बुलेन्स सेवा सम्बन्धि सम्पर्क एबम समन्वय:
एम्बुलेन्स चालकको सम्पर्क नं: ९७६२५११६२१, ९७०२०३०७५०
चतरा अस्पतालको सम्पर्क नं: ०२५-५५००११
