बिषय: शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।।
प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०५/२८ ।।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०५/०९ गतेको बैठक तथा खरिद समितिको मिति २०८०/५/०९ र मिति २०८०/०५/२४ गतेको बैठकद्वारा चतरा अस्पतालमा अति आवश्यक रहेको तपशिल बमोजिमका ल्याब उपकरणहरुको सम्बन्धित उपकरणद्वारा ल्याब परिक्षणमा प्रयोग हुने केमिकलको खपत परिमाण समेतलाई मुल्यांकन गर्ने गरी खरिद गर्न सार्बजनिक खरिद ऐनको दफा ४० र सार्बजनिक खरिद नियमावलीको नियम ८४ को उपनियम १क) अनुसार “सिलबन्दी दरभाउपत्र” बमोजिम खरिद गर्ने निर्णयानुसार निम्न शर्तहरु रहने गरी सम्बन्धित सबैको लागि यो पन्ध्र दिने सार्बजनिक सूचना प्रकाशन गरिएको छ ।
निम्न:
क्र.सं. ल्याब उपकरणको नाम परिमाण केमिकलको सुची जमानत रकम कै.
उपकरण क) 5 Parts Differential Hematological Analyzer with Autoloader एक थान अनुसूची क) रु.२४,०००/- दुवै उपकरणको लागि जमानत रकम:रु.२८,५००/- लाग्नेछ ।
उपकरण ख) Semi-Automatic Coagulation Analyzer एक थान अनुसूची ख) रु.४,५००/-
यी उपकरणहरु क) र ख) को पूर्ण विवरण (specification) तथा समन्धितमा खपत हुने केमिकलको अनुसूची क) र ख) चतरा अस्पतालको प्रशासन शाखा वा अस्पतालको वेबसाईटको https://chatarahospital.p1.gov.np/details/download बाट लिन सकिनेछ । Specification वा अनुसूचीहरुको Excel file वा pdf file आवश्यक परेमा निबेदकहरुलाई इमेल मार्फत समेत उपलब्ध गराईनेछ ।
शर्तहरु:-
१) शिलबन्दी दरभाउपत्रमा सम्बन्धित संस्थाको छाप, आधिकारिक दस्तखत, सम्पर्क व्यक्तिको विवरण र प.सं. एबम चलानी नं अनिवार्य रुपमा हुनुपर्नेछ ।
२) शिलबन्दी दरभाउपत्र निबेदन दिने मिति र समय: मिति २०८०/०५/२९ गते देखि २०८०/०६/१२ गते दिनको ४:०० बजे सम्म । यो अस्पताल सार्बजनिक बिदाका दिनमा समेत नियमित रुपमै खुल्ने हुँदा निबेदन दिने अन्तिम दिन सार्बजनिक बिदा परे पनि सोहि दिन र सोहि समय नै निबेदन दिने अन्तिम मिति र समय हुनेछ । सो मिति र समय भन्दा पछाडिका कुनै पनि निबेदन मान्य हुनेछैन ।
३) शिलबन्दि दरभाउपत्र निबेदनहरु खोलिने मिति र समय: निवेदकहरुलाई निबेदन खोल्ने दिन भन्दा ४८ घण्टा अघि अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित/जानकारी गरिनेछ । निवेदकहरुलाई सो शिलबन्दी दरभाउ खुल्ने दिन उपस्थिति हुन अनुरोध गरिनेछ, यद्यपी निवेदकहरुको अनुपस्थितिले शिलबन्दी दरभाउ निबेदनहरु खोल्न मुल्यांकन समितिलाई बाधा पर्नेछैन । छनौट दाबि बिरोध लगाएतको सूचना अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित गरिनेछ ।
४) निबेदन दस्तुर: रु. एक हजार रुपैया मात्र । रु. एक हजारको निबेदन दस्तुरमा कुनै एक वा दुवै उपकरणका लागि शिलबन्दी दरभाउ पेश गर्न सकिनेछ ।
५) जमानत रकम: सार्बजनिक खरिद नियमावलीको नियम ८४ को उपनियम ६) बमोजिमको माथि तोकिए बमोजिमको जमानत रकम अस्पतालको बिल काउन्टरमा बुझाएर वा अस्पतालको बैंक खातामा दाखिला गरेर वा बाणिज्य बैंकबाट पचहत्तर दिनको मान्य अवधि रहने गरी जारी भएको बैंक जमानत (बैंक ग्यारेन्टी) को सक्कलै शिलबन्दी दरभाउपत्र साथ पेश गर्नुपर्नेछ । उपकरण क) र ख) दुवैमा शिलबन्दी दरभाउ पेश गरेको भए दुवैको जमानत रकम वा कुनै एक मात्र उपकरणमा निबेदन दिएको भएमा सोको मात्र जमानत रकम पेश गर्नुपर्नेछ । साथै यसै अस्पतालका साबिकका आपूर्तिकर्ताहरुको हकमा भने निजहरुलाई यसै अस्पतालद्वारा तिर्न बाँकी (दायित्व) रकम भएमा सोहि रकमबाट नै तोकिए बमोजिमको रकम रोक्का रहने गरि निजहरुले यस अस्पताललाई सम्बोधन गरी निबेदन दिएमा सो निबेदनलाई नै जमानत मानिनेछ ।
६) संलग्न हुनु पर्ने कागजपत्रहरु: अस्पताललाई सम्बोधन गरिएको निबेदन संगै निबेदन दस्तुर तिरेको रसिद, PAN/VAT कार्डको प्रतिलिपि, संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्र वा म्याद थप पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ, कालोसुचीमा नपरेको स्वघोषणाको पत्र, जमानतको सक्कल प्रमाण/निबेदन, आपूर्तिकर्ताले कोशी प्रदेशमा कम्तिमा पनि दुई स्थान/अस्पतालमा सम्बन्धित मेसिन ईन्स्टल गरी सेवा प्रदान गरिरहेको व्यहोरा खुल्ने प्रमाण सहितको पत्र र आवश्यकता अनुरुप खरिद/मुल्यांकन समिति वा ब्यबस्थापन समितिले माग गरे बमोजिमका थप कागजपत्रहरु पेश गर्नुपर्नेछ ।
७) आपूर्तिकर्ताले आफुले उपलब्ध गराउने भनिएका उपकरण क) र उपकरण ख) दुवै वा कुनै एक उपकरणको पूर्ण स्पेसीफिकेसन तथा क्याटलग अन्य माग गरिएका सबै कागजपत्रहरुसंगै अनिवार्य रुपमा पेश गर्नुपर्नेछ, क्याटलगमा उपकरणको रंगिन फोटोहरु उपलब्ध गराउनुपर्नेछ । आपूर्तिकर्ताले कोशी प्रदेशमा कम्तिमा पनि दुई स्थानमा सोहि मेसिन ईन्स्टल गरी सेवा दिईरहेको हुनुपर्नेछ र सोको प्रमाण स्वरूप सम्बन्धित संस्थाले एकिन गरेको पत्र प्रमाण स्पष्ट रुपमा खुलाउनुपर्नेछ ।
८) उल्लेखित उपकरणहरुको वारेन्टी ग्यारेन्टीको बिषय र उपकरणको maintenance मर्मत सम्भारको बिषय स्पस्ट लेखिएको/खुलेको हुनुपर्दछ ।
९) निवेदकले सम्बन्धित उपकरणहरुको माथि तोकिएका अनुसूचीहरु क) र ख) ल्याब परिक्षण केमिकलको प्रति ईकाई दर (per unit costs of reagents) अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । यसरि पेश हुन आउने केमिकलको दररेटलाई अस्पतालमा खपत हुने परिमाण समेतलाई उपकरण छनौटमा मुल्यांकन गरिनेछ ।
१०) सम्बन्धित उपकरण छनौट हुँदा सम्बन्धित उपकरणमा प्रयोग हुने सम्बन्धित अनुसूची अनुसारको केमिकलको कम्तिमा दुई बर्षका लागि सोहि दररेट अनुसार खरिद सम्झौता गरिनेछ र दुवै पक्षको सहमतिमा दुई बर्ष भन्दा बढीको लागि समेत सम्झौता गर्न सकिनेछ ।
११) उल्लेखित उपकरण तथा केमिकल यस अस्पताल सम्म ढुवानी, जडान (Installation) र कर्मचारीहरुलाई आवश्यक Orientation निशुल्क रुपमा गर्नुपर्नेछ ।
१२) यस सुचनामा उल्लेख गरेको specification अनुरुपको सामाग्रीहरुको निवेदकले अनिवार्य रुपमा कबुल मुल्य राख्नुपर्नेछ, यदपि निवेदकले कुनै माग गरिएका उपकरण भन्दा भिन्न भिन्न बिकल्पहरु भएमा तिनको पनि specification, catalogue र picture एबम केमिकलको ईकाई दररेट सहित कबुल मुल्य खुलाएर पेश गर्न सक्नुहुनेछ ।
१३) निवेदकहरुसंग उपकरण आपूर्तिका बिषयमा कुनै बिसेस सल्लाह सुझाब एबम कुनै बिसेस किसिमका प्रस्ताबहरु भएमा (जस्तै: कुनै उपकरण यस अस्पताललाई सौजन्य गरि त्यसमा प्रयोग हुने केमिकल कुनै निश्चित समयसम्म सो निवेदक आपूर्तिकर्तासंग कुनै निश्चित शुल्कमा खरिद गर्नुपर्ने प्रस्ताब) त्यसलाई पनि निबेदनमा नै उल्लेख गरि पेश गर्नुहुन अनुरोध छ । यद्यपी यस्ता प्रस्ताबहरु अतिरिक्त प्रस्ताबहरु हुने हुदा सम्बन्धित सबै उपकरणको प्रस्तावित कबुल शुल्क भने अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
१४) निबेदनमा कबुल रकम खोल्दा अंक र अक्षर दुबैमा लेख्नु पर्नेछ, अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईनेछ ।
१५) उपकरण installation गर्नुपर्ने समय: आपूर्तिकर्तासंग सम्झौता भएको मिति देखि अधिकतम ७ (सात) दिन भित्र मेसिन installation भईसक्नुपर्नेछ ।
१६) भुक्तानीको बिषय:
क) चतरा अस्पतालसंग सुरु पुंजी (capital amount) नभएको हुँदा, आपूर्तिकर्तालाई अस्पतालको हुदै जाने आम्दानिबाट भुक्तानी दिदै गईनेछ, अस्पतालले लिनु पर्ने पुरा भुक्तानिहरु समयमै पूर्ण रुपमा प्राप्त नभएमा आर्थिक बर्ष सकिने बेलामा भुक्तानी दिन बाकि रकम लेखापरिक्षण गरी दायित्वमा देखाइनेछ ।
ख) भुक्तानि दिदा सर्बप्रथम यसै प्रकृतिका साबिकका सम्झौताकर्ताहरुलाई तिर्न बाकि रहेको भुक्तानी पश्चात मात्रै भुक्तानी दिन सुरु गरिनेछ ।
१७) निबेदन दर्ताको तरिका:
क) अस्पतालको प्रशासन शाखामा आएर: ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदन अस्पतालको प्रशासन शाखामा निबेदन दस्तुर रु.१,०००/- (एक हजार रुपैया, फिर्ता नहुने गरि) को रसिद सहित शिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ,
ख) हुलाक रजिस्टर्ड मार्फत: ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदनका साथै निबेदन दस्तुर रु.१,०००/- (एक हजार रुपैया, फिर्ता नहुने गरि) को Esewa वा IPS वा बैंक दाखिला गरेको सक्कल भौचर सहित शिलबन्दी दरभाउपत्र पेश गर्न सक्नुहुनेछ तर कुनै पनि कारण सो शिलबन्दी दरभाउपत्र अस्पताल प्रशासन शाखामा प्राप्त नभएमा अस्पताल जबाफदेही हुनेछैन, यसरी हुलाक मार्फत निबेदन दिनुहुनेहरुले खामको बाहिर स्पस्ट रुपमा आफ्नो संस्थाको नाम फोन नं इमेल र सम्पर्क व्यक्तिको विवरण उल्लेख गरिदिनुपर्नेछ,
ग) ईमेल मार्फत: ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदनका साथै निबेदन दस्तुर रु.१,०००/- (एक हजार रुपैया, फिर्ता नहुने गरि) को Esewa वा IPS वा बैंक दाखिला गरेको सक्कल भौचर लगाएत सबै कागतपत्रको स्क्यान प्रति pdf फाईल बनाएर अस्पतालको ईमेल ID chatarahospital@gmail.com मा ईमेल गर्न सक्नुहुनेछ र ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ तर आपूर्तिकर्तालाई इमेल भन्दा स्वम उपस्थित भई वा हुलाक रजिस्टर्ड गरि निबेदन शिलबन्दी गरी अस्पताल प्रशासन शाखामा पेश गर्नुहुन अनुरोध गरिन्छ,
घ) निबेदन दस्तुर बुझाउने तरिका: यस संस्थाको बिल काउन्टरमा वा अस्पतालको निम्न खातामा Esewa वा IPS वा mobile banking मार्फत समेत भुक्तानी गरि पेश गर्न सकिनेछ,
ङ) बैंक खाता विवरण:
a. बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा,
b. खाताको नाम: चतरा अस्पताल
English मा: Chatara Aspatal
c. खाता नं: २१६०१००००४६६८००१
English मा: 2160100004668001
१८) आपुर्तिकर्ताको छनौट सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार अस्पतालको खरिद/मुल्यांकन समिति र ब्यबस्थापन समितिमा निहित रहनेछ । आवश्यक थप सूचनाहरु पछि प्रकाशन गरिनेछ ।
थप जानकारी सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८१६३३८६१४ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
बोधार्थ:
१) श्री बराहक्षेत्र नगरपालिका: श्री बराहक्षेत्र नगरपालिकाको सुचना पार्टी, फेसबुक पेज र वेबसाईटमा यो सूचना राखिदिनुहुन हार्दिक अनुरोध छ ।
२) श्री १ र २ नं वडा कार्यालय: सूचना पार्टीमा सूचना टाँस गरिदिनुहुन हार्दिक अनुरोध छ ।