बिषय: शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना ।।
प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०५/२८ ।।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८०/०८१ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८०/०८१ का लागि आवश्यक ल्याब केमिकल, एक्सरे फिल्म, भिडियो एक्सरे फिल्म, डेन्टल तथा सर्जिकल सामाग्रीहरु खरिदका लागि अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०५/१६ गतेको बैठक तथा खरिद समितिको मिति २०८०/०५/२४ गतेको बैठकद्वारा सार्बजनिक खरिद ऐनको दफा ४० र सार्बजनिक खरिद नियमावलीको नियम ८४ को उपनियम १क) अनुसार निम्न अनुसूचीहरुका लागि “सिलबन्दी दरभाउपत्र” बमोजिम खरिद गर्ने निर्णयानुसार निम्न शर्तहरु रहने गरी सम्बन्धित सबैको लागि यो पन्ध्र दिने सार्बजनिक सूचना प्रकाशन गरिएको छ ।
निम्न:
क्र.सं. अनुसूची अनुसूचीको विवरण माग गरिने जमानत रकम रु. कै.
१ अनुसूची १ ल्याब केमिकल (समुह क) 70000 आपूर्तिकर्ताले जुन जुन अनुसूची भर्नुहुन्छ ति सम्बन्धित अनुसूचीको जमानत रकम बुझाउनुपर्नेछ ।
२ अनुसूची २ ल्याब केमिकल (समुह ख) 60000
३ अनुसूची ३ एक्सरे/भिडियो एक्सरे/डेन्टल/सर्जिकल सामाग्री 50000
जम्मा 180000
यी अनुसूची १, २ र ३ को पूर्ण विवरण चतरा अस्पतालको प्रशासन शाखा वा अस्पतालको वेबसाईटको https://chatarahospital.p1.gov.np/details/download मा समेत राखिएको छ । अनुसूचीहरुको एक्सेल फाईल वा pdf file आवश्यक परेमा निबेदकहरुलाई इमेल मार्फत समेत उपलब्ध गराईनेछ ।
शर्तहरु:-
१) शिलबन्दी दरभाउपत्रमा सम्बन्धित संस्थाको छाप, आधिकारिक दस्तखत, सम्पर्क व्यक्तिको विवरण र प.सं. एबम चलानी नं. अनिवार्य रुपमा उल्लेख हुनुपर्नेछ ।
२) शिलबन्दी दरभाउपत्र निबेदन दिने मिति र समय: मिति २०८०/०५/२९ गते देखि २०८०/०६/१२ गते दिनको ४:०० बजे सम्म । यो अस्पताल सार्बजनिक बिदाका दिनमा समेत नियमित रुपमै खुल्ने हुँदा निबेदन दिने अन्तिम दिन सार्बजनिक बिदा परे पनि सोहि दिन र सोहि समय नै निबेदन दिने अन्तिम मिति र समय हुनेछ । सो मिति र समय भन्दा पछाडिका कुनै पनि निबेदन मान्य हुनेछैन ।
३) शिलबन्दि दरभाउपत्र निबेदनहरु खोलिने मिति र समय: निवेदकहरुलाई निबेदन खोल्ने दिन भन्दा ४८ घण्टा अघि अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित/जानकारी गरिनेछ । निवेदकहरुलाई सो शिलबन्दी दरभाउ खुल्ने दिन उपस्थितिको लागि अनुरोध गरिनेछ, यद्यपी निवेदकहरुको अनुपस्थितिले शिलबन्दी निबेदनहरु खोल्न मुल्यांकन समितिलाई बाधा पर्नेछैन । छनौट दाबि बिरोध लगाएतको सूचना अस्पतालको फेसबुक पेज र वेबसाईट मार्फत सुचित गरिने हुँदा निवेदक सबैले चतरा अस्पतालको फेसबुक पेज र वेबसाइट save गरी राख्नुपर्नेछ ।
४) निबेदन दस्तुर: प्रति अनुसूचीको लागि रु. एक हजार रुपैया मात्र लाग्नेछ । रु. एक हजारको निबेदन दस्तुरले एक मात्र अनुसूचीको लागि मान्य हुनेछ । निवेदकले जति वोटा अनुसूची भर्नुहुने हो सोहि अनुसार निबेदन दस्तुर लाग्नेछ ।
५) जमानत रकम: सार्बजनिक खरिद नियमावलीको नियम ८४ को उपनियम ६) बमोजिमको माथि तोकिए बमोजिमको जमानत रकम अस्पतालको बिल काउन्टरमा बुझाएर वा अस्पतालको तपशिलको बैंक खातामा दाखिला गरेको भौचर वा बाणिज्य बैंकबाट पचहत्तर दिनको मान्य अवधि रहने गरी जारी भएको बैंक जमानत (बैंक ग्यारेन्टी) को सक्कलै शिलबन्दी दरभाउपत्र साथ पेश गर्नुपर्नेछ । जति वोटा अनुसूचीमा निबेदन दिने हो सोहि अनुसारको जमानत रकमको बैंक ग्यारेन्टी पेश गर्नुपर्नेछ । तर यसै अस्पतालका साबिकका आपूर्तिकर्ताहरुको हकमा भने निजहरुलाई यसै अस्पतालद्वारा तिर्न बाँकी (दायित्व) रकम भएमा सोहि रकमबाट नै तोकिए बमोजिमको रकम रोक्का रहने गरि निजहरुले यस अस्पताललाई सम्बोधन गरी निबेदन दिएमा सो निबेदनलाई नै जमानत (ग्यारेन्टी) मानिनेछ ।
६) संलग्न हुनु पर्ने कागजपत्रहरु: अस्पताललाई सम्बोधन गरिएको निबेदन संगै अनुसूची अनुसारको निबेदन दस्तुर तिरेको रसिद, PAN/VAT कार्डको प्रतिलिपि, संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्र वा म्याद थप पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ, कालोसुचीमा नपरेको स्वघोषणाको पत्र, बुंदा नं ५ मा उल्लेख भए बमोजिमको जमानत रकम खुलेको सक्कल बैंक जमानत वा यसै अस्पतालको लागि सम्बोधन गरि लेखिएको निबेदनको सक्कल प्रति र आवश्यकता अनुरुप खरिद/मुल्यांकन समिति वा ब्यबस्थापन समितिले माग गरे बमोजिमका थप कागजपत्रहरु पेश गर्नुपर्नेछ ।
७) कबोल दररेट: आपूर्तिकर्ताले आफुले उपलब्ध गराउने भनिएका अनुसूची/अनुसूचीहरुको पूर्ण रुपमा भरिएको आधिकारिक दस्तखत छाप सहितको प्रति ईकाईको कबोल दररेट स्पष्ट रुपमा पेश गर्नुपर्नेछ । प्रति ईकाई दररेट उल्लेख गर्दा प्याकेटिंग अनुसार फरक पर्नेहरुको हकमा सो प्याकेटिंग कैफियतमा उल्लेख गर्नुपर्नेछ अन्यथा सो दररेट सबै किसिमका प्याकेटिंगका लागि मानिनेछ ।
८) मेसिन सहित सम्झौता भएका साबिकको उपकरण एबम केमिकल लगाएत: अस्पतालमा ल्याब/एक्सरेमा सम्बन्धित मेसिनहरुमा प्रयोग हुने केमिकल तथा फिल्महरु सहितको मुल्यांकन भई सम्झौता भएका मेसिनहरुमा यस सूचना मार्फत माग भएको केमिकल फिल्म तथा सामाग्रीहरु खरिद गर्न अस्पताल बाध्य हुनेछैन । त्यसरी उपकरण सहित सम्झौता भएका केमिकल एबम फिल्म लगाएतका सामाग्रीहरु साबिक कै सम्झौता अनुसार खरिद हुनेछ, यस सूचना अनुसार हुनेछैन । साथै कुनै उपकरणहरुमा सम्बन्धित कै केमिकल तथा फिल्म लगाएतका सामाग्रीहरु प्रयोग गर्नु पर्ने अवस्थामा सोहि अनुसार नै आपूर्तिकर्ताले उपलब्ध गराउनुपर्नेछ । केहि केमिकलहरु हाल रहेका उपकरणहरुका लागि भनि उल्लेख गरिएका छन् तर अन्य कुनै बिकल्पहरु आपूर्तिकर्तासंग भएमा सो बिषयहरुलाई बिकल्प भनि उल्लेख गर्न सकिनेछ तर माग भएका अनुसूची अनुरुपका दररेट भने अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
९) सामाग्रीको आपूर्ति परिमाण: अनुसूचीमा उल्लेख भएका सामाग्रीहरु अस्पतालमा खपत भए बमोजिम/आवश्यकता अनुरुप मात्रै माग गर्दै गईनेछ, यसै सुचनाका आधारमा आपूर्तिकर्तासंग अनुसुचिका सामाग्रीहरुको खरिद गरिने परिमाण निश्चित भने गरिनेछैन/हुनेछैन । यस सम्बन्धमा आपूर्तिकर्ताको कुनै दाबि बिरोध लाग्नेछैन ।
१०) सामाग्रीको ढुवानी समय: अस्पताल द्वारा माग भए बमोजिमको समयमा माग भए बमोजिमको परिमाणमा आपूर्तिकर्ताले सामाग्री आपूर्ति गर्नुपर्नेछ । एक हप्ताको समय सहितको दुई पटक सम्म सामाग्री माग गर्दा समेत आपूर्तिकर्ताले सम्झौता भएका सामाग्रीहरु आपूर्ति नगरेमा/गर्न नसकेमा निजको बैंक ग्यारेन्टी जफत गरी नियमानुसारको कारबाहीको लागि प्रक्रिया अघि बढाईनेछ ।
११) गुणस्तर: अनुसूचिमा उल्लेख भएका आपूर्तिकर्ताले उपलब्ध गराउने सामाग्रीहरु नियमानुसारका गुणस्तर मापदण्ड पुरा गरेका हुनुपर्नेछ, कुनै सामाग्री गुणस्तरहिन भएको गुनासो आएको अवस्थामा आपूर्तिकर्तालाई एक पटक जानकारी पश्चात स्पष्टिकरण सोधि नसिहत दिईनेछ तर पुन गुणस्तरहीन सामाग्री उपलब्ध गरेमा आपूर्तिकर्ताको बैंक ग्यारेन्टी जफत गरी नियमानुसारको कारबाही प्रक्रिया अघि बढाईनेछ ।
१२) ढुवानी: अनुसूचिमा उल्लेखित केमिकल लगाएतका सामाग्रीहरु यस अस्पताल सम्म ढुवानी र आवश्यक परेमा जडान/Installation र कर्मचारीहरुलाई आवश्यक Orientation निशुल्क रुपमा गर्नुपर्नेछ ।
१३) बैकल्पिक केमिकल/सामाग्रीहरु: यस सुचनामा उल्लेख गरेको अनुसूची अनुरुपको केमिकल लगाएतका सामाग्रीहरुको निवेदकले अनिवार्य रुपमा कबोल मुल्य राख्नुपर्नेछ, यदपि निवेदकले कुनै माग गरिएका केमिकल लगाएतका सामग्रीहरु भन्दा भिन्न भिन्न बिकल्पहरु भएमा तिनको पनि विवरण/किसिम सहितको ईकाई दररेट सहित कबोल मुल्य खुलाएर पेश गर्न सकिनेछ ।
१४) आईटम वाईज स्वीकृत: अनुसूचिहरुमा उल्लेख सामाग्रीहरु आईटम वाईज स्वीकृत गरिनेछ । कुनै केमिकल/सामाग्रीहरु प्रतक्ष्य रुपमा एकअर्का संग अनिवार्य सम्बन्धित भएकाहरुको हकमा सोलाई एकमुष्ट मुल्यांकन गरिनेछ ।
१५) कबोल अंक र अक्षर: निबेदनमा ल्याब केमिकल लगाएतको प्रति ईकाई दर (per unit costs of reagents) कबुल रकम खोल्दा अंक र अक्षर दुबैमा लेख्नु पर्नेछ, अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिईनेछ।
१६) भुक्तानीको बिषय:
क) चतरा अस्पतालसंग सुरु पुंजी (capital amount) नभएको हुँदा, आपूर्तिकर्तालाई अस्पतालको हुँदै जाने आम्दानिबाट भुक्तानी दिंदै गईनेछ, अस्पतालले लिनु पर्ने पुरा भुक्तानिहरु समयमै पूर्ण रुपमा प्राप्त नभएमा आर्थिक बर्ष सकिने बेलामा भुक्तानी दिन बाकि रकम लेखापरिक्षण गरी दायित्वमा देखाइनेछ ।
ख) भुक्तानि दिदा सर्बप्रथम यसै प्रकृतिका साबिकका सम्झौताकर्ताहरुलाई तिर्न बाकि रहेको भुक्तानी पश्चात मात्रै भुक्तानी दिन सुरु गरिनेछ ।
१७) शिलबन्दी निबेदन दर्ताको तरिका:
क) अस्पतालको प्रशासन शाखामा आएर: ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदन अस्पतालको प्रशासन शाखामा प्रति अनुसूची निबेदन दस्तुर रु.१,०००/- (प्रति अनुसूची एक हजार रुपैया, फिर्ता नहुने गरि) को रसिद सहित शिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ,
ख) हुलाक रजिस्टर्ड मार्फत: ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदनका साथै प्रति अनुसूची निबेदन दस्तुर रु.१,०००/- (प्रति अनुसूची एक हजार रुपैया, फिर्ता नहुने गरि) को Esewa वा IPS वा बैंक दाखिला गरेको सक्कल भौचर सहित शिलबन्दी दरभाउपत्र पेश गर्न सक्नुहुनेछ तर कुनै पनि कारण सो शिलबन्दी दरभाउपत्र अस्पताल प्रशासन शाखामा प्राप्त नभएमा अस्पताल जबाफदेही हुनेछैन, यसरी हुलाक मार्फत निबेदन दिनुहुनेहरुले खामको बाहिर स्पस्ट रुपमा आफ्नो संस्थाको नाम फोन नं इमेल र सम्पर्क व्यक्तिको विवरण उल्लेख गरिदिनुपर्नेछ,
ग) ईमेल मार्फत: ईच्छुक आपूर्तिकर्ताले आवश्यक कागजपत्रहरु र निबेदनका साथै प्रति अनुसूची निबेदन दस्तुर रु.१,०००/- (प्रति अनुसूची एक हजार रुपैया, फिर्ता नहुने गरि) को Esewa वा IPS वा बैंक दाखिला गरेको सक्कल भौचर लगाएत सबै कागतपत्रको स्क्यान गरि pdf फाईल बनाएर अस्पतालको ईमेल ID chatarahospital@gmail.com मा ईमेल गर्न सक्नुहुनेछ र ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ, तर आपूर्तिकर्तालाई सकेसम्म स्वम उपस्थित भई, नमिलेको अवस्थामा हुलाक रजिस्टर्ड र कुनै बिशेष कारण नमिलेको अवस्थामा मात्र इमेल गरि शिलबन्दी दरभाउ पेश गर्नुहुन अनुरोध गरिन्छ,
घ) निबेदन दस्तुर बुझाउने तरिका: यस संस्थाको बिल काउन्टरमा वा अस्पतालको निम्न खातामा Esewa वा IPS वा mobile banking मार्फत समेत भुक्तानी गरि पेश गर्न सकिनेछ,
बैंक खाता विवरण:
a. बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा,
b. खाताको नाम: चतरा अस्पताल
English मा: Chatara Aspatal
c. खाता नं: २१६०१००००४६६८००१
English मा: 2160100004668001
१८) जुनसुकै कारण पनि शिलबन्दी स्वीकृत वा अस्वीकृत गर्ने एवम् आपुर्तिकर्ताको छनौट सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार अस्पतालको खरिद/मुल्यांकन समिति र ब्यबस्थापन समितिमा निहित रहनेछ ।
१९) आवश्यक थप सूचनाहरु पछि प्रकाशन गरिनेछ ।
थप जानकारी, सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८१६३३८६१४ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
बोधार्थ:
१) श्री बराहक्षेत्र नगरपालिका: श्री बराहक्षेत्र नगरपालिकाको सुचना पार्टी, फेसबुक पेज र वेबसाईटमा यो सूचना राखिदिनुहुन हार्दिक अनुरोध छ ।
२) श्री १ र २ नं वडा कार्यालय: सूचना पार्टीमा सूचना टाँस गरिदिनुहुन हार्दिक अनुरोध छ ।



