बिषय: चस्माको फ्रेम तथा शिशाको
लागत अनुमान अध्ययनका लागि
दररेट/प्रस्ताबहरु माग सम्बन्धि सूचना ।।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०६/०८ गतेको बैठकद्वारा आँखा उपचार सेवा संचालनार्थ आवश्यक “चस्माको फ्रेम तथा शिशा” का लागि सार्बजनिक खरिद ऐनको दफा ५ र सार्बजनिक खरिद नियमावलीको नियम ११ अनुसारको लागत अनुमान अध्ययन प्रयोजानार्थ आपूर्तिकर्ताहरुसंग निजहरुले आपूर्ति गर्न सक्ने भिन्न भिन्न किसिमका चस्माका फ्रेम तथा पावरका शिशाहरुका सम्बन्धमा पूर्ण विवरण सहितको दररेट एवम् प्रस्ताबहरु माग गर्ने निर्णयानुसार सम्बन्धित सबै आपूर्तिकर्ताहरुका लागि सात दिने सूचना प्रकाशन गरिएको छ ।
थप जानकारीका लागि चतरा अस्पतालको प्रशासन शाखा ९८१६३३८६१४, ९८६२८१२०४० वा ०२५-५५००११ वा ईमेल chatarahospital@gmail.com मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
