०४ फाल्गुण २०८२, सोमबार

बिषय: करार सेवामा लिने बारे सूचना ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा रिक्त भएका अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८०/०७/१४ को निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
१) आवश्यक कर्मचारीको पद र संख्या:
क) ल्याब टेक्नोलोजिस्ट (BMLT): एक जना,
ख) हे.अ.: एक जना,
ग) डी.फार्म: दुई जना,
घ) ल्याब टेक्निसियन: एक जना,
ङ) अ.हे.ब. (शर्पदंशको तालिम प्राप्त): एक जना,
च) अ.हे.ब./अ.न.मि.: दुई जना र
छ) ल्याब एसिस्टेन्ट: एक जना ।
२) न्युनतम योग्यता: मान्यता प्राप्त संस्थाबाट सम्बन्धित पदका लागि तोकिएको सम्बन्धित बिषय उतिर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको नेपाली नागरिक हुनुपर्ने र बुंदा नं ङ) को लागि सम्बन्धित बिषयमा तालिम प्राप्त भएको हुनुपर्नेछ,
३) पेश गर्नुपर्ने कागजपत्रहरु: माथि न्यूनतम योग्यतामा उल्लेख भए बमोजिमका सबै प्रमाणपत्र/तालिम/अनुभब लगाएतका कागजपत्रहरुको पछाडी सक्कल बमोजिम नक्कल ठिक छ भनि निवेदक स्वयंले सहि/छाप गरी पेश गर्नुपर्नेछ । अन्तर्वार्ताका दिन उल्लेखित सबै कागजपत्र सक्कलै सहित उपस्थित हुनुपर्नेछ ।
४) आबेदन शुल्क: बुंदा नं १ क) को लागि रु.एक हजार, बुंदा नं १) ख, ग र घ पदका लागि रु. पाँच सय र बुंदा नं १) ङ, च र छ को रु. तीन सय आबेदन शुल्क लाग्नेछ ।
५) छनौट तरिका: कर्मचारी छनौट समितिको निर्णयानुसार लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुनेछ ।
६) सेवा सुबिधा: आपसी समझदारीमा व्यवस्थापन समितिको निर्णयानुसार हुनेछ ।
७) निबेदन दर्ताको तरिका: निबेदन https://chatarahospital.p1.gov.np/details/download बाट download गर्न सकिनेछ वा अस्पताल प्रशासन शाखाबाट लिन सकिनेछ ।
क) अस्पतालमा आएर: ईच्छुक निवेदकले आवश्यक कागजपत्रहरु CV र निबेदन अस्पतालको प्रशासन शाखामा अस्पतालको काउन्टरमा बुझाएको निबेदन दस्तुरको रसिद सहित पेश गर्न सकिनेछ ।
ख) ईमेल मार्फत: आवश्यक सम्पूर्ण कागजपत्रहरुको स्क्यान गरी निबेदन दस्तुर Esewa, IPS वा बैंक दाखिला गरी सो भौचर सहित इमेल मार्फत समेत निबेदन पेश गर्न सक्नुहुनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ ।
ग) बैंक खाता विवरण: बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा, सुनसरी
a. खाताको नाम: चतरा अस्पताल English मा: Chatara Aspatal
b. खाता नं: २१६०१००००४६६८००१ English मा: 2160100004668001
८) निबेदन दिने समय:
क) ल्याब टेक्नोलोजिस्ट (BMLT) र हे.अ. (H.A.): मिति २०८०/०७/१६ गते देखि मिति २०८०/०८/०१ गते शुक्रबारका दिन ४:०० बजे सम्म मात्र ।
ख) डी.फार्म, ल्याब टेक्निसियन, अ.हे.ब. (शर्पदंशको तालिम प्राप्त), अ.हे.ब./अ.न.मि. र ल्याब एसिस्टेन्ट: मिति २०८०/०७/१६ गते देखि मिति २०८०/०७/२२ गते बुधबारका दिन ४:०० बजे सम्म मात्र ।
यस चतरा अस्पतालमा सार्बजनिक बिदामा समेत सबै सेवा एवम् प्रशासन खुला रहने र आबेदन शुल्क पनि ONLINE समेत बुझाउन सकिने तथा ईमेल मार्फत समेत आबेदन बुझाउन सकिने हुँदा माथि तोकिएका आबेदन दिने अन्तिम दिन सार्बजनिक बिदा पर्न गएमा समेत सोहि दिन निबेदन दिने अन्तिम दिन र समय हुनेछ।
९) अन्तर्बार्ताको मिति:
क) ल्याब टेक्नोलोजिस्ट (BMLT) र हे.अ. (H.A.): अन्तरबार्ताको मिति सम्बन्धि सूचना पछी प्रकाशन गरिनेछ ।
ख) डी.फार्म, ल्याब टेक्निसियन, अ.हे.ब. (शर्पदंशको तालिम प्राप्त), अ.हे.ब./अ.न.मि. र ल्याब एसिस्टेन्ट: मिति २०८०/०७/२३ गते बिहिबार बिहान ९:०० बजे देखि ।
अन्तर्बार्ता सम्बन्धि सूचना यस अस्पतालको वेबसाईट र फेसबुकमा समेत राखिनेछ, अन्तरबार्ता सम्बन्धि सूचना सम्बन्धित पदका सबै उमेद्वारहरुलाई निजहरुको मोबाईलमा समेत सम्पर्क गरि सुचित गरिने हुदा निवेदकहरुले निबेदनमा फोन नं हरु (बैकल्पिक फोन नं सहित) अनिवार्य रुपमा लेख्नुहुन अनुरोध छ ।
१०) ONLINE फर्म भर्नुहुने निवेदकहरुलाई कुनै द्वबिधा भएमा कृपया अस्पताल प्रशासन शाखामा सम्पर्क गरेर एकिन गरी पूर्ण रुपमा भरिएको फर्म/निबेदन पठाउनुहुन अनुरोध छ ।
११) कर्मचारी छनौट सम्बन्धि सम्पूर्ण अधिकार कर्मचारी छनौट समिति एवम् व्यवस्थापन समितिमा निहित रहनेछ ।
थप जानकारीका लागि चतरा अस्पतालको सुचना पार्टी वा प्रशासन शाखा ९८१६३३८६१४ वा ९८६२८१२०४० वा ०२५-५५००११ वा वेबसाईट: chatarahospital.p1.gov.np वा ईमेल chatarahospital@gmail.com मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
बोधार्थ:
१) श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी ।:- यस सुचना नगरपालिकाको सूचना पार्टी, फेसबुक साईट र वेबसाईटमा प्रकाशन गरिदिनुहुन हार्दिक अनुरोध छ ।
२) श्री १ र २ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी ।:- यस वडा कार्यालयको सूचना पार्टीमा टाँस गरिदिनुहुन हार्दिक अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]