विषयः आपूर्तिकर्ता छनौट एवम् दावि/बिरोध बारे ।
प्रस्तुत बिषयमा मिति २०८०/०७/१८ गते चतरा अस्पताल व्याबस्थापन समित़ि एवम् खरिद तथा मुल्यांकन समितिको बैठकद्वारा निम्न बिषयहरुमा तपशिल बमोजिमका आपुर्तिकर्तालाई छनौट गर्ने निर्णय भए अनुसार आजको मिति देखि ७ दिन भित्र (२०८०/०७/२५ दिनको ४:०० बजे सम्म) आपुर्तिकर्ताले सम्झौताको लागि यस कार्यालयमा निबेदन दिनुहुन सम्बन्धित सबैको लागि यो सुचना प्रकाशन गरिएको छ । अन्यथा अन्य विकल्पहरुको लागि प्रक्रिया अघि बढाईने व्यहोरा समेत जानकारी गरिन्छ ।
साथै छनौट हुने आपूर्तिकर्ता भन्दा बाहेकका अन्य निबेदक आपूर्तिकर्ताहरुको कुनै पनि दाबी बिरोध एवम् उजुरी भएमा मिति २०८०/०७/२२ गते दिनको ४:०० बजे सम्म यस अस्पतालको प्रशासन शाखामा स्वयं उपस्थित भई लिखित रुपमा निबेदन दिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ ।
तपशिल
क्र. स. सूचनाको विवरण आपूर्तिकर्ताको नाम दर्ता नं. छनौट भएको विवरण कैफियत
1 मिति २०८०/०५/२८ गते, च.नं.:११५, उपकरण क) र ख) जय गुरु ट्रेडर्स, बिराटनगर ५६ १). Fully Automated 5 Part Hematology Analyzer with Auto-loader
२). Semi-Automatic Coagulation Analyzer छनौट
२ मिति २०८०/०५/२८ गते, च.नं.:११६, अनुसूची १, २ र ३ तथा पुन:सूचना मिति २०८०/०६/१९ गते, च.न.१५१: अनुसूची १ र ३ जय गुरु ट्रेडर्स, बिराटनगर ५६ १): अनुसूची १: ल्याब केमिकल समुह (क) : सबै
२): अनुसूची २: ल्याब केमिकल समुह (ख) : आंशिक (क) छनौट
३ मिति २०८०/०५/२८ गते, च.नं.:११६, अनुसूची १, २ र ३ तथा पुन:सूचना मिति २०८०/०६/१९ गते, च.न.१५१: अनुसूची १ र ३ नेसनल सर्जिकेम सप्लायर्स, बिराटनगर ५८, ५९ १): अनुसूची २: ल्याब केमिकल समुह (ख) : आंशिक (ख)
२): अनुसूची ३: एक्सरे/भिडियो एक्सरे/डेन्टल सर्जिकल सामग्रीहरु: सबै छनौट
५ मिति २०८०/०५/२८ गते, च.नं.:११७ ट्रेड लिंक कम्प्युटर, बिर्तामोड ६६ १): 10 KVA Online UPS 3:1: १ थान,
२): 10 KVA Servo Volt Stabilizer: १ थान,
३): Battery 100 Amp Luminous:१६ थान छनौट
६ मिति २०८०/०५/२८ गते, च.नं.:११७ र्यापिड ग्रुप प्रा. लि.,काठमाण्डौ ६९ १): 15 KVA Servo Volt Stabilizer: १ थान छनौट
नोट:
थप जानकारी एवम् समन्वयका लागि ९८६२८१२०४० वा ९८१६३३८६१४ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
