बिषय: एम्बुलेन्स सेवा शुल्क बारे।
प्रस्तुत सम्बन्धमा नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको मिति २०८०/०४/०४ गतेको निर्णय, चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त बैठक मिति २०८०/०५/१६ गतेको निर्णय तथा एम्बुलेन्स सेवा संचालन एबम अनुगमन समितिको मिति २०८०/०७/१६ गतेको निर्णयानुसार चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त सहकार्यमा मिति २०८०/०५/१४ गते देखि संचालित एम्बुलेन्स सेवाको निम्न स्थानहरुका लागि तपशिल बमोजिमको सेवा शुल्क रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
एम्बुलेन्स सेवा शुल्क सम्बन्धि विवरण
क्र.स . विवरण शुल्क
१ चतरा अस्पताल देखि धरान सम्म रु.१,२००/-
२ चतरा देखि धरान सम्म रु.१,५००/-
३ चतरा देखि बिराटनगर (रानी) सम्म रु.४,०००/-
४ चतरा देखि बिराटनगर (रोडसेस) सम्म रु.३,५००/-
५ चतरा देखि बिराटनगर (टंकिसिनुवारी/बुढीगंगा) सम्म रु.३,२००/-
६ चतरा देखि चक्रघट्टी सम्म रु.१,०००/-
७ चतरा देखि चतरा अस्पताल सम्म रु.५००/-
८ चतरा अस्पताल देखि कोशी पुल सम्म रु.८००/-
९ चतरा अस्पताल देखि बराहक्षेत्र मन्दिर सम्म रु.१,०००/-
१० चतरा अस्पताल देखि सुर्यकुण्ड सम्म रु.१,५००/-
११ चतरा देखि रामपुर सम्म रु.१,५००/-
अन्य स्थानहरुका सम्बन्धमा प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति कोशी प्रदेश र जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति सुनसरीद्वारा निर्धारण भए बमोजिम हुनेछ । सेवाग्राहीहरुबाट प्राप्त सल्लाह सुझाब एबम प्रतिक्रियाहरु उपर चतरा अस्पताल, नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखा र एम्बुलेन्स सेवा संचालन एवम् अनुगमन समितिहरुद्वारा आवश्यक छलफल एबम निर्णयहरु हुने हुँदा सोहि बमोजिम सम्बन्धित सबैलाई सल्लाह सुझाब एवम् प्रतिक्रिया उपलब्ध गरिदिनुहुन हार्दिक अनुरोध छ ।
नोट: १) एम्बुलेन्स चालकको सम्पर्क नं: ९७६२५११६२१, ९७०२०३०७५०
२) थप जानकारी, सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा सुझाब पेटिका वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८१६३३८६१४ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क/समन्वय गर्नुहुन अनुरोध छ ।
