३० मंसिर २०८२, सोमबार

बिषय: आँखा उपचार सेवा सुरु भएको जानकारी बारे।
प्रस्तुत सम्बन्धमा बिगत केहि समयदेखि बिबिध कारण स्थगित आँखा उपचार सेवा चतरा अस्पताल व्यवस्थापन समिति द्वारा मिति २०८०/०७/२० गते देखि आन्तरिक श्रोतबाट जनशक्ति व्यवस्थापन हुने गरी सुचारु गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
साथै चश्माको फ्रेम एवम् शिशाका लागि मिति २०८०/०७/१५, च.नं:२१५ मार्फत खरिद प्रक्रियाका लागि सार्बजनिक सुचना जारी भईसकेको हुँदा सम्बन्धित सबैलाई अस्पतालको फेसबुक वा वेबसाइटमा रहेको सूचना धेरै भन्दा धेरै आपूर्तिकर्ताहरुमा प्रबाह गरिदिनुहुन समेत यसै सूचना मार्फत हार्दिक अनुरोध छ ।
यस बिचमा आँखा सेवा स्थगितका कारण सेवाग्राहीहरुलाई पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दै चश्मा फ्रेम एवम् शिशाको सेवा समेत छिटै सुचारु हुने व्यहोरा अनुरोध छ ।
नोट:
आँखा उपचार सेवाको
ओ.पि.डी. समय: बिहान ८:०० बजे देखि बेलुकी ५:०० बजे सम्म
बुधबारका दिन बिदा रहनेछ भने शनिबार खुला रहेनछ ।
थप जानकारी, सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा सुझाब पेटिका वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८१६३३८६१४ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क/समन्वय गर्नुहुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]