२८ आषाढ २०८२, शनिबार

बिषय: सुझाब/गुनासो पेटिका खोलिएको बारे।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालका व्यवस्थापक, नि. कार्यालय प्रमुख, प्रबक्ता लगायत कर्मचारीहरुको रोहबरमा आज मिति २०८०/०७/२२ गते चतरा अस्पतालमा रहेको सुझाब-गुनासो पेटिका खोलि हेर्दा लिखित सुझाब पाईएको र सो सम्बन्धमा तपशिल बमोजिमको व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
सुझाबको विवरण:
सुझाब दिने व्यक्तिको सुझाब पत्रमा खुलाईएको नाम: सभ्य नागरिक ।
सुझाब: बृद्धबृद्धा अशक्तहरुलाई उपचार लिन वा औषधि लिने बेलामा लाईन वा पालो पर्खिने सिस्टम हटाई सुरुमा पालो दिने व्यवस्था लागु गरिदिनुभए आभारी हुने थियौं ।
सुझाब उपर गरिएको निर्णय एवम् जानकारी:
चतरा अस्पतालमा बृद्धवृद्धा, फरक क्षमता भएका, गर्भवती एवम् एक बर्ष मुनिका नानि भएका आमाहरु वा एक बर्ष मुनिका बालबालिकाहरुलाई अलगै लाईन लाग्ने व्यवस्था नभए पनि अगाडी जान दिने व्यवस्थालाई थप कडाईका साथ कार्यान्वन गर्न मूलदर्ता, ओ.पि.डी. दर्ता, फार्मेसी, ल्याब लगाएतका पालो लाग्नु पर्ने स्थानहरुमा बृद्धवृद्धा (७० बर्ष भन्दा बढी उमेर भएका), फरक क्षमता भएका, गर्भवती एवम् एक बर्ष मुनिका नानि भएका आमाहरु वा एक बर्ष मुनिका बालबालिकाहरुलाई पालो सुरुमा दिईने व्यवस्था रहेको र सोहि अनुसार गरिदिनुहुन सूचना टाँस गरी पूर्ण रुपमा कार्यान्वन गरिने जानकारी गरिन्छ ।
अस्पतालका सुरक्षा गार्ड एवम् सबै कर्मचारीहरुलाई निर्णय पूर्ण कार्यान्वनको लागि यसै सूचना मार्फत निर्देशनात्मक अनुरोध गरिन्छ । सुझाब उपलब्ध गर्नुहुने महानुभाबलाई हार्दिक धन्यबाद दिंदै यसै गरी आगामी दिनमा पनि सकारात्मक एवम् रचनात्मक सुझाबहरु केहि भएमा उपलब्ध गरिदिनुहुन हार्दिक अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]