बिषय : बोलपत्र स्वीकृतको लागि
आशय पत्र जारि गरिएको बारे सुचना ।
प्रस्तुत विषयका सम्बन्धमा यस अस्पतालको मिति २०८०/०६/१९ (6th Oct 2023) गतेको राष्ट्रिय स्तरको बिधुतिय खुल्ला बोलपत्र सम्बन्धि सुचना (CH/INSMEDS/01/2080-81) अनुसार पर्न आएको बोलपत्रहरुको मुल्यांकन गर्दा सारभूत रुपमा प्रभावग्राही देखिन आएका बोलपत्रहरु मध्ये आइटम वाइज बिडिंग अनुसार प्रति औषधिको किसिमहरु मध्ये न्युनतम अंक कबोल गरे बमोजिम तपशिलमा उल्लेखित बोलपत्रदाताहरुका लागि सार्बजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा (२) को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि मिति २०८०/०८/०४ गते सोमवार दिनको ४ : ०० बजे सम्म (सात दिने) आशयपत्र प्रकाशन गर्ने मिति २०८०/०७/२६ गतेको मुल्यांकन एवम् खरिद समितिको बैठक निर्णयानुसार यो आशयपत्र प्रकाशित गरिएको छ ।
तपशिल
क्र.स बिबरण बोलपत्र दाताको नाम र ठेगाना कबोल अंक कै.
1 १२७ आइटम न्यु संगीता मेडिकल हल, बराहक्षेत्र नगरपालिका: – ६, चक्रघट्टी, सुनसरी । रु.३०,३६,७७१.1/-
(अक्षरेपी तिस लाख छत्तिस हजार सात सय एकहत्तर रूपैया I एक पैसा मात्र)
२ २२४ आइटम श्री गणेश ड्रग हाउस, बिराटनगर महानगरपालिका: – ८, मोरंग । रु.६२,९४,८८१.३२/-
(अक्षरेपी बैसठ्ठी लाख चौरानब्बे हजार आठ सय एकसी रूपैया I तिन दुई पैसा मात्र)
दुवै बोलपत्रहरुलाई परेका तिन वटा औषधीहरुको आईटम दुवै बोलपत्रदाताको माथिको विवरणमा समाबेश गरिएको छ भने बाँकी १९९ वटा रु.२७,२३,३४४.४८/- (अक्षरेपी सत्ताइस लाख तेईस हजार तीन सय चौवालिस रुपैया I चार आठ पैसा मात्र) औषधीका आईटमहरु दुवै बोलपत्रदाताहरुवाट यसै अस्पतालद्वारा तयार गरिएको प्रति औषधीको खरिद गरिने अधिकतम दररेट भन्दा बढी प्रस्ताब भएको हुँदा यो आशय पत्रको समय अवधि पश्चात पून:सूचना प्रकाशन गरिनेछ । सम्बन्धित बोलपत्रदाताहरु कसैलाई पनि कुनै किसिमको दाबी बिरोध भएमा अस्पताल प्रसाशान शाखामा यसै आशयपत्रको समयाबधि सम्म औपचारिक रुपमा लिखित निबेदन दिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ I साथै सबै बोलपत्रदाताहरुलाई मिति २०८०/०८/०४ गते सोमवारको दिन चतरा अस्पतालमा दिनको १:०० बजे हुने छलफल परामर्शमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
