बिषय : दाबि बिरोध बारे सुचना I
प्रस्तुत विषयका सम्बन्धमा यस अस्पतालको प.सं.:२०८०/०८१, च.नं.: २४२, मिति २०८०/०७/१८ गतेको छनौट एवम् दाबि बिरोध सम्बन्धि सूचनाको क्र.सं. १ को मिति २०८०/०५/२८ गते, च.नं.:११५, उपकरण क) Fully Automated 5 Part Hematology Analyzer with Auto-loader सम्बन्धमा निवेदकबाट दाबि बिरोध प्राप्त भएको हुँदा मिति २०८०/०७/२६ गतेको चतरा अस्पताल मुल्यांकन एवम् खरिद समितिको बैठक निर्णयानुसार दुवै आपूर्तिकर्ताहरुलाई तपशिल बमोजिमको मिति स्थान र समयमा आ-आफ्नो संस्थाका आधिकारिक अख्तियारवाला व्यक्ति र संस्थाको छाप तथा संस्थाको तर्फबाट अनिवार्य रुपमा बायोमेडिकल ईन्जिनियर सहित दुई पक्षीय दाबि बिरोध छलफलमा सहभागी हुन अनुरोध गरिन्छ ।
तपशिल:
छलफल मिति: २०८०/०८/०४ गते सोमबार,
स्थान: चतरा अस्पताल,
समय: ठिक बिहान ११:०० बजे देखि १२:०० बजेसम्म ।
सो दिन जुनसुकै कारण पनि कुनै पनि निवेदकहरु सहभागी भए-नभए पनि सो दिनको अस्पताल मुल्यांकन समितिद्वारा हुने निर्णय अन्तिम हुने व्यहोरा समेत यसै साथ जानकारी गरिन्छ ।
पुनश्च:
दुवै निवेदकहरु अनिवार्य रुपमा आ-आफ्नो तर्फबाट बायोमेडिकल ईन्जिनियर प्राबिधिक एवम् संस्थाको आधिकारिक व्यक्ति संस्थाको छाप एबम पत्र सहित उपस्थित हुनुपर्नेछ ।
