बिषय: शिलबन्दी दरभाउपत्र माग सम्बन्धि पुन: सूचना ।।
प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०७/१५ ।।
दोश्रो पटक सूचना: मिति २०८०/०८/०३ ।।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं:२०८०/०८१, च.नं:२३८, मिति २०८०/०७/१५ गतेको शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना अनुसार व्यवस्थापन समितिको आन्तरिक श्रोतको आ.ब.२०८०/०८१ को स्वीकृत बजेट अन्तर्गत आ.ब.२०८०/०८१ का लागि आवश्यक चश्मा फ्रेम एवम् शिशा व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०७/१४ गतेको निर्णयानुसार सार्बजनिक खरिद ऐन २०६३ को दफा ४० र सार्बजनिक खरिद नियमावली २०६४ को नियम ८४ को उपनियम १क) बमोजिम “सिलबन्दी दरभाउपत्र” माग भएकोमा सार्बजनिक खरिद नियमावली २०६४ को नियम ८४ को ३ क) अनुसार आवश्यक संख्यामा शिलबन्दी दरभाउ पत्र पेश नभएको हुँदा मिति २०८०/०८/०३ गतेको मुल्यांकन समितिको निर्णयानुसार तपशिल बमोजिमका विवरणको पुन १५ दिने (मिति २०८०/०८/१८ गते सोमबार ४:०० बजेसम्म) यो सार्बजनिक सूचना प्रकाशन गरिएको छ । साथै हाल प्राप्त शिलबन्दी दरभाउपत्रहरु शिलबन्दी नै रहेका र ति सबै दोश्रो पटकको सूचनाको समयाबधि पश्चात संगै मुल्यांकन गरिने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।
तपशिल:
क्र.सं. नाम विवरण कै.
१. शिलबन्दी दरभाउ १ (एक) चस्माको फ्रेम
२. शिलबन्दी दरभाउ २ (दुई) चस्माको शिशा (आवश्यक पावर सहित)
पूर्ण सूचनाका लागि चतरा अस्पतालको प.सं:२०८०/०८१, च.नं:२३८, मिति २०८०/०७/१५ गतेको शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचना प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८१६३३८६१४ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
बोधार्थ:
१) श्री बराहक्षेत्र नगरपालिका: श्री बराहक्षेत्र नगरपालिकाको सुचना पार्टी, फेसबुक पेज र वेबसाईटमा यो सूचना राखिदिनुहुन हार्दिक अनुरोध छ ।
२) श्री १ र २ नं वडा कार्यालय: यस वडा कार्यालयको सूचना पार्टीमा सूचना टाँस गरिदिनुहुन हार्दिक अनुरोध छ ।