२८ आषाढ २०८२, शनिबार

बिषय: परिक्षा संचालन बारे सूचना।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं.: २०८०/०८१, च.नं.: २३७, मिति २०८०/०७/१५ गतेको करार सेवामा लिने बारेको सूचनामा रहेका तपशिल बमोजिमका पदहरुको निम्न बमोजिमको मिति, समय र स्थानमा लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
पदहरु:
१) ल्याब टेक्नोलोजिस्ट (BMLT): एक जना र
२) हे.अ. (H.A.): एक जना ।
परिक्षा संचालन विवरण:
• मिति: २०८०/०८/०६ गते बुधबारका दिन,
• समय: बिहान १०:०० बजे देखि,
• स्थान: चतरा अस्पताल
परिक्षा संचालन सम्बन्धि जानकारी:
• सर्बप्रथम लिखित परिक्षा संचालन हुनेछ,
• लिखित परिक्षा समाप्त हुना साथ उत्तरपुस्तिका परिक्षण गरी लिखित परिक्षाको नतिजा प्रकाशन गरिनेछ र
• लिखित परिक्षामा उतिर्ण हुने परीक्षार्थीहरुलाई मात्र प्रयोगात्मक र अन्तरबार्ता परिक्षामा समाबेश गरिनेछ ।
नोट:
सम्बन्धित परीक्षार्थीहरुलाई फोन सम्पर्क गरी जानकारी गरिएको छ । तोकिएको दिनमा जुनसुकै कारण पनि परीक्षार्थी अनुपस्थित भएमा परीक्षार्थीको कुनै दाबि बिरोध लाग्ने छैन ।
थप जानकारी एबम समन्वयका लागि:
९८६२८१२०४०
९८१६३३८६१४

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]