विषय:- भिडियो एक्सरे सेवा समय बारे सूचना ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०८/१५ गतेको निर्णयानुसार बिहानै देखि भिडियो एक्सरे सेवा संचालनका लागि सेवाग्राहीहरुद्वारा भईरहेको अनुरोध अनुसार चतरा अस्पतालमा रेडियोलोजिस्ट द्वारा हरेक सोमबार र बिहिबारका दिन संचालित भिडियो एक्सरे सेवा अब उपरान्त तपशिल बमोजिमको सेवा समयमा संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
क्र.सं. बार नाम दर्ता गर्ने समय भिडियो एक्सरे सेवा सुरु हुने समय कै.
१. सोमबार बिहान ७:०० बजे देखि
११:०० बजे सम्म बिहान ८:०० बजे देखि सुरु भई
नाम दर्ता हुनुभएका सबै
२. बिहिबार बिहान ७:०० बजे देखि
१२:०० बजे सम्म बिहान ११:०० बजे देखि सुरु भई
नाम दर्ता हुनुभएका सबै
साथै आगामी दिनमा यस सेवा समयलाई थप सेवाग्राही मैत्री बनाउन आवश्यक व्यवस्था गरिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी सहित अनुरोध छ ।
थप जानकारीको लागि:
नगिना बानिया: ९८२९३९६४६५ ज्यूसंग सम्पर्क गर्नुहुन अनुरोध छ ।
