मिति: २०८०/०५/२८ ।। प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०५/०९ गतेको बैठक तथा खरिद समितिको मिति २०८०/५/०९ र मिति २०८०/०५/२४ गतेको बैठकद्वारा चतरा अस्पतालमा अति आवश्यक रहेको तपशिल बमोजिमका ल्याब उपकरणहरुको सम्बन्धित उपकरणद्वारा ल्याब परिक्षणमा प्रयोग हुने केमिकलको खपत परिमाण समेतलाई मुल्यांकन गर्ने गरी खरिद गर्न सार्बजनिक खरिद ऐनको दफा ४० र सार्बजनिक खरिद नियमावलीको नियम ८४ को उपनियम १क) अनुसार “सिलबन्दी दरभाउपत्र” बमोजिम खरिद गर्ने निर्णयानुसार निम्न शर्तहरु रहने गरी सम्बन्धित सबैको लागि यो पन्ध्र दिने सार्बजनिक सूचना प्रकाशन गरिएको थियो। उक्त सुचना अनुसार Fully Automated 5 Part Hematology Analyzer with Autoloader आजा मिति २०८०/०९/०२ गतेका दिन यस चतरा अस्पतालमा सफलता पुर्वक मेसिन जडान गरी सेवा सुचारू भएको छ।