बिषय:- दुई कक्ष/स्थानबाट
काउन्टर संचालन हुने बारे सूचना ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा हाल फार्मेसी र काउन्टर एकै कक्ष/कोठाबाट संचालन भईरहेको अवस्थामा अस्पताल व्यवस्थापन समितिद्वारा आवश्यक स्वास्थ्यकर्मी/जनशक्ति व्यवस्थापन गरी अन्य प्राबिधिक तयारी समेत अन्तिम चरणमा पुगेको हुँदा निम्न मिति देखि तपशिल बमोजिम सेवा संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
सुरु हुने मिति: २०८० पौष १५ गते आईतबार देखि
१) कक्ष/कोठा नं ०७ मा: स्वास्थ्य बीमित बिशेष
(स्वास्थ्य बीमितहरुको लागि औषधि र बिलिंग काउन्टर)
२) कक्ष/कोठा नं ०६ मा: स्वास्थ्य बीमित भन्दा बाहेक बिशेष
(स्वास्थ्य बीमित भन्दा बाहेकहरुको लागि औषधि र बिलिंग/क्यास काउन्टर)
साथै मूल दर्ता (१६ नं कोठा/कक्ष) बाट नेपाल सरकारद्वारा वितरण हुने आधारभूत निशुल्क औषधिहरुको वितरण साबिक बमोजिम यथावत रहेन व्यहोरा अनुरोध छ । यस व्यवस्थाले सेवाग्राहीहरुको बर्गिकरण सहित लाईन अलग हुने र सेवा प्रबाहमा थप सहज हुने अपेक्षा सहित स्वास्थ्य सेवालाई उपलब्ध जनशक्ति र श्रोत साधन द्वारा थप सेवाग्राही मैत्री बनाउंदै लगिने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।