बिषय:- दुई कक्ष/स्थानबाट काउन्टर सुरु भएको बारे सूचना ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा आज मिति २०८०/०९/१५ गते देखि स्वास्थ्य बीमितका लागि र अन्य सेवाग्राहीहरुलाई फार्मेसी/औषधि एवम् बिलिंग काउन्टर सेवा तपशिल बमोजिम सुरु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
आज मिति: २०८० पौष १५ गते आईतबार देखि
१) कक्ष/कोठा नं ०७ मा: स्वास्थ्य बीमित बिशेष
(स्वास्थ्य बीमितहरुको लागि औषधि र बिलिंग काउन्टर)
२) कक्ष/कोठा नं ०६ मा: स्वास्थ्य बीमित भन्दा बाहेक बिशेष
(स्वास्थ्य बीमित भन्दा बाहेकहरुको लागि औषधि र बिलिंग/क्यास काउन्टर)
साथै मूल दर्ता (१६ नं कोठा/कक्ष) बाट नेपाल सरकारद्वारा वितरण हुने आधारभूत निशुल्क औषधिहरुको वितरण साबिक बमोजिम यथावत रहेन छ ।
यस व्यवस्थाले सेवाग्राहीहरुको बर्गिकरण सहित लाईन अलग हुने एवम् सेवा प्रबाह सहज सरल छिटो छरितो हुने बिस्वास सहित यस सम्बन्धमा यहाँहरुबाट प्राप्त सल्लाह सुझाब एवम् प्रतिक्रियाहरु अनुरुप थप सेवाग्राही मैत्री बनाउन आगामी दिनमा आवश्यक परिमार्जन गर्दै लगिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी सहित अनुरोध गरिन्छ ।


