विषय:- हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना सम्बन्धमा ।
प्रस्तुत विषयका सम्बन्धमा नेपाल सरकारद्वारा श्री स्वास्थ्य बिमा बोर्ड काठमाण्डौको “अध्यक्ष” जस्तो गरिमामय पदमा नियुक्त हुनुभएका नेपाल सरकारका निवृत्त अतिरिक्त स्वास्थ्य सचिब, श्री स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक तथा “देश कै प्रथम पूर्ण स्वास्थ्य बीमा युक्त वडा (बराहक्षेत्र न पा: २) घोषणा कार्यक्रम” का प्रमुख अतिथि एवम् चतरा अस्पतालका मार्गदर्शक तथा अब्बल नेतृत्व क्षमताका धनि स्पष्ट बक्ता तपाई डा. श्री गुणराज लोहनी ज्यूलाई चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०९/०८ गतेको बैठक निर्णय नं: ०५ अनुसार श्री स्वास्थ्य बीमा बोर्डलाई यसको मूल उद्धेश्य एवम् लक्ष्य अनुरुप संचालन गर्नमा यहाँको अद्वितीय अविस्मरणीय अतुलनीय भूमिका रहनेछ भन्ने पूर्ण विश्वासका साथ यहाँलाई चतरा अस्पतालको तर्फबाट हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
चतरा अस्पताल ।