बिषय: स्वास्थ्य बीमा सम्बन्धि बिलिंग बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको मिति २०८०/०९/२९ गतेको बैठक निर्णय नं:२३ अनुसार स्वास्थ्य बीमितहरुलाई मिति २०८० माघ ०१ देखि कोठा/काउन्टर/कक्ष नं: ०७ बाट स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण सेवाहरुको पूर्ण रुपमा कम्पुटर जेनेरेटेड बिल उपलब्ध गर्ने गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
चतरा अस्पताल
