०४ साउन २०८२, शनिबार

बिषय: सेवाग्राहीहरुलाई जानकारी सम्बन्धमा ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०४/१७ गते स्वीकृत आ.ब.२०८०/०८१ को “बार्षिक नीति तथा कार्यक्रम” को बुंदा नं: ११ र १२ अनुसार स्वास्थ्य सेवालाई नगद रहित (Cashless) गर्ने लक्ष्य सहित स्वास्थ्य बीमितहरुको Out-of-pocket खर्च कम गर्नका लागि स्वास्थ्य बीमितहरुलाई यस चतरा अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा तथा औषधिहरु पूर्ण रुपमा स्वास्थ्य बीमा अन्तर्गत प्रदान गर्न र स्वास्थ्य बीमित भन्दा बाहेक अन्य सेवाग्राहीहरुलाई समेत कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गर्नका लागि चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०९/२९ गतेको बैठक निर्णय नं: ०१, ०२ र ०३ अनुसार मिति २०८०/१०/०३ गते देखि यस अस्पताललाई थप सेवाग्राही मैत्री बनाउने उद्धेश्य सहित तपशिल बमोजिमका व्यवस्थाहरु कार्यान्वयन गरिएको व्यहोरा सम्पूर्ण शुभचिन्तक सेवाग्राही महानुभाबहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
१) स्वास्थ्य बीमितहरुलाई:
क) INDICATION (चिकित्सकीय प्रीस्क्रिप्सन) अनुसार यस चतरा अस्पतालमा उपलब्ध सबै किसिमका औषधिहरु (मलिक्युल वाईज: जेनेरिक नाम अनुसार) तथा सर्जिकल सामाग्रीहरु पूर्ण रुपमा स्वास्थ्य बीमा अन्तर्गत नै उपलब्ध गरिने (थप शुल्क नलाग्ने),
ख) सेवाग्राहीहरुको अवस्था र परिस्थिति अनुसार तीन महिना सम्मका लागि नियमित खाने औषधि दिईने,
ग) नेपाल सरकारद्वारा उपलब्ध हुनुपर्ने आधारभूत निशुल्क औषधिहरु कुनै कारण अभाब भएको अवस्थामा स्वास्थ्य बीमितहरुलाई अस्पताल व्यवस्थापन समितिद्वारा सो औषधिहरु समेत कुनै शुल्क नलिई उपलब्ध गरिने,
घ) बीमितलाई लाग्ने जुनसुकै पावर/शिशा पनि निजलाई मिल्ने निर्धारित फ्रेम स्वास्थ्य बीमाको सुबिधा अन्तर्गत नै उपलब्ध गरिने सुनिश्चितता गरिने, बीमितद्वारा चश्माको शिशा तथा फ्रेम रु.१०००/- भन्दा बढी पर्ने रोजेमा बाँकी बुझाउने नगद रकममा २० (बिस) प्रतिशत छुट दिईने,
२) अन्य सेवाग्राहीहरुलाई:
क) चतरा अस्पतालमा उपलब्ध सबै औषधि तथा सर्जिकल सामाग्रीहरुको नगद खरिदमा MRP मा कम्तिमा १० (दश) प्रतिशत छुट दिईने र लागत अनुपातका आधारमा औषधिको MRP मा १० प्रतिशत देखि ५० प्रतिशत सम्म छुट दिईने,
ख) चश्माको फ्रेममा नगद खरिदमा २० (बिस) प्रतिशत छुट दिईने,
पुनश्च: स्वास्थ्य बीमितहरुद्वारा मलिक्युल मिले पनि स्वयं रोजाईका अन्य ब्राण्डका औषधिहरु तथा सर्जिकल सामाग्रीहरु माग भएमा सोको भने नगद खरिद गर्न सकिनेछ ।
नोट: यस सम्बन्धि केहि सल्लाह सुझाब जिज्ञासा एवम् प्रतिक्रिया भएमा ९८१६३३८६१४ र ९८६२८१२०४० मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]