बिषयः भिडियो एक्सरे सेवा वारे सुचना ।
प्रस्तुत सम्बन्धमा सोमवार बिहान ८ वजे देखि र विहिवार विहान ११ वजेदेखि रेडियोलोजिष्ट द्वारा संचालन भईरहेको भिडियो एक्सरे सेवामा विगत केही समयदेखि विविध कारणवश तोकिएको निश्चित संख्याका सेवाग्राहीहरूलाई मात्र सेवा उपलब्ध भईरहेकोमा अव उपरान्त सोमवार र बिहिवारका दिन भिडियो एक्सरेका लागि तपशिलको समयमा पाल्नुहुने सवै सेवाग्राहीहरूलाई सेवा उपलब्ध गर्ने ब्यवस्था गरिएको ब्याहोरा जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।
तपशिलः
क्र.स | वार | नाम दर्ता गर्ने समय | भिडियो एक्सरे सेवा सुरू हुने समय | कै. |
१. | सोमवार | विहान ७:०० बजे देखि १२:०० बजे सम्म | विहान ८:०० बजे देखि सुरु भई नाम दर्ता हुनुभएका सवै | |
२. | विहिवार | विहान ७:०० बजे देखि १२:०० बजे सम्म | विहान ११:०० बजे देखि सुरु भई नाम दर्ता हुनुभएका सवै |
……………….
नोटः
थप जानकारीको लागिः
नगिना वानिया ज्यूसंग ९८२९३९६४६५ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।