०८ माघ २०८२, बुधबार

बिषय:- योजनाका लागि अनुरोध सम्बन्धमा ।

प्रस्तुत सम्बन्धमा आगामी आ.ब.२०८१/०८२ का लागि तपशिल बमोजिमका कार्यक्रम एबम योजनाहरु सम्बन्धित निकायमा अस्पतालद्वारा माग गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गर्दै सम्पूर्ण सरोकार निकाय, राजनीतिक दल, पत्रकार, महिला स्वयंसेविका, स्थानीय समाजसेबी, बुद्धिजीवी महानुभाब एवम् संघ/संस्थाहरुबाट समन्वय एवम् सहजीकरणका लागि हार्दिक अनुरोध छ ।

तपशिल:

क्र.सं. योजना/उपकरण/ सामग्रीको नाम अन्दाजी लागत रकम कै.
१. नसर्ने रोग, नाक कान घांटी, दांत एवम् आँखा रोगको शिविर एक लाख पचास हजार रुपैया श्री १ नं वडा कार्यालयसंग माग गरिएको ।
२. महिला स्वास्थ्य स्वयंसेविका एक जनालाई सम्मान जनक बिदाई पचास हजार रुपैया
३. महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई यातायात खर्च थप सहयोग पचास हजार रुपैया
४. चतरा अस्पताल स्तरोन्नति पांच लाख रुपैया
५. नसर्ने रोग, नाक कान घांटी, दन्त एवम् आँखा रोगको शिविर एक लाख पचास हजार रुपैया श्री २ नं वडा कार्यालयसंग माग गरिएको ।
६. महिला स्वास्थ्य स्वयंसेविका तीन जनालाई सम्मान जनक बिदाई एक लाख पचास हजार रुपैया
७. चतरा अस्पताल स्तरोन्नति पांच लाख रुपैया
८. नसर्ने रोग, नाक कान घांटी, दन्त एवम् आँखा रोगको शिविर एक लाख पचास हजार रुपैया श्री बराहक्षेत्र नगरपालिकासंग माग गरिएको ।
९. महिला स्वास्थ्य स्वयंसेविका चार जनालाई सम्मान जनक बिदाई दुई लाख रुपैया
१०. स्लिट ल्याम्प मेसिन पांच लाख रुपैया
११. ५०० भी.ए. को एक्सरे मेसिन पन्ध्र लाख रुपैया
१२. थ्री.डी. डप्लर भिडियो एक्सरे मेसिन तीस लाख रुपैया
१३. १०० भी.ए. को जेनेरेटर बिस लाख रुपैया
१४. अस्पताल जन्य फोहोर मैला व्यवस्थापन दश लाख रुपैया
१५. चतरा अस्पतालको अधुरो वार्ड निर्माण एवम् पानि ट्यांकी तथा र्याम निर्माण बिस लाख रुपैया
१६. वडा नं १ र २ मा कम्तिमा एक एक  स्वास्थ्य युनिट समेत रहन सक्ने सहितको खोप केन्द्र निर्माण दश लाख रुपैया

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]