२८ आषाढ २०८२, शनिबार

बिषय: चिकित्सकहरुलाई शत प्रतिशत (१००%) प्रोत्साहन रकम उपलब्ध भईरहेको बारे ।

प्रस्तुत सम्बन्धमा मिति २०७५/०५/०१ देखि “बर्षको ३६५ दिनै बिहान ७:०० बजे देखि बेलुकी ८:०० बजे सम्म ओ.पि.डी. सेवा” संचालन गर्दै आईरहेको र मिति २०७८/११/२० गते “देश कै प्रथम पूर्ण स्वास्थ्य बीमा युक्त वडा घोषणा गर्न सफल” चतरा अस्पतालमा मिति २०७५/०५/०१ देखि नै       “एक चिकित्सक एक अस्पताल” नीति समेत कार्यान्वन भई आएको छ । मिति २०७९/०४/०१ देखि चतरा अस्पताल व्यवस्थापन समितिद्वारा आन्तरिक श्रोतबाट एक शिफ्ट डिउटी अर्थात् सिंगल डिउटीका लागि नै शत प्रतिशत (१००%) प्रोत्साहन रकम उपलब्ध हुँदै आईरहेको छ । छात्रवृत्ति करार सेवामा रहनुभएका यस चतरा अस्पताल आउन ईच्छुक चिकित्सक (मेडिकल अधिकृत) ज्यूहरुद्वारा समय-समयमा यस अस्पतालमा रहिआएको सेवा सुबिधा र व्यवस्था प्रति जिज्ञासा राखिरहनुभएको हुँदा सम्बन्धित सबैको लागि तपशिल बमोजिमको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।

तपशिल:

  • दैनिक दुई शिफ्ट ओ.पि.डी. डिउटी (बिहानी र शंध्या शत्र) भईरहेको ।
  • हप्तामा ६ दिन एक शिफ्ट डिउटीको लागि नै शत प्रतिशत प्रोत्साहन रकम उपलब्ध भईरहेको ।
  • कुनै कारण अतिरिक्त समय दिनुपरेमा वा आवश्यक परेमा निजलाई अतिरिक्त रकम वा सोहि बमोजिम सट्टा बिदा उपलब्ध भईरहेको ।
  • खाना-खाजा बापत थप सुबिधा प्रति हाजिर भएको दिन रु.३००/- उपलब्ध भईरहेको । (अस्पताल क्यान्टिनमा सादा खाना रु.९५/- मात्र रहेको ।)
  • प्रति नाईट ONCALL रु.१५००/- उपलब्ध भईरहेको ।

साथै यस चतरा अस्पतालमा छात्रवृत्ति करार सेवामा आउन ईच्छुक मेडिकल अधिकृत चिकित्सक ज्यूहरु कोहि हुनुभएमा सम्बन्धित महानुभाबले अनिवार्य रुपमा यस अस्पताललाई पूर्व जानकारी गरी सहमति लिई मात्र आउनुपर्ने हुँदा सोहि बमोजिम अनुरोध गरिन्छ ।

डा अनिल गिरी

म्यानेजिंग डाईरेक्टर

चतरा अस्पताल

थप जानकारीको लागि सम्पर्क:

९८५६०६३३३१

९८०१२०५९५०

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]