२९ पौष २०८२, मंगलबार

बिषय: बेन्च सौजन्य गर्न ईच्छुकहरुलाई अनुरोध सहित सूचना ।

प्रस्तुत सम्बन्धमा मिति २०७५/०५/०१ देखि “बर्षको ३६५ दिनै बिहान ७:०० बजे देखि बेलुकी ८:०० बजे सम्म ओ.पि.डी. सेवा” संचालन गर्दै आईरहेको र मिति २०७८/११/२० गते “देश कै प्रथम पूर्ण स्वास्थ्य बीमा युक्त वडा घोषणा गर्न सफल” चतरा अस्पतालको खोप लगाउने स्थानमा बालबालिकाका आमाहरु, सुत्केरी महिलाहरु, वृद्धवृद्धाहरु लगाएतका सेवाग्राहीहरुलाई आराम गर्न तथा बिश्राम गर्नका लागि अति उपयोगी हुने फलामका बेन्चहरु सौजन्य गर्न ईच्छुक जनप्रतिनिधि ज्यूहरु, समिति पदाधिकारी ज्यूहरु, नि. समिति पदाधिकारी ज्यूहरु, नि. सल्लाहकार समिति ज्यूहरु, महिलास्वयंसेबिका ज्यूहरु, स्थानीय समाजसेबी बुद्धिजीवी ज्यूहरु, पत्रकार ज्यूहरु, चिकित्सक एवम् कर्मचारी ज्यूहरु, संघ/संस्था/संगठन/बिद्यालय/वन/सहकारी/बैंक/क्लब लगायत सम्पूर्ण संघ/संस्था/महानुभाबहरुलाई सविनय जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

नोट:

एक बेन्चको लागि रु.५,०००/- (पांच हजार रुपैया) लाग्ने व्यहोरा अनुरोध छ ।

डा अनिल गिरी

म्यानेजिंग डाईरेक्टर

चतरा अस्पताल

थप जानकारीको लागि सम्पर्क:

सूचना अधिकारी श्री यम बहादुर भण्डारी: ९८६२८१२०४०

प्रबक्ता श्री उत्सब खतिवडा: ९८१६३३८६१४

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]