२८ आषाढ २०८२, शनिबार

बिषय: करार सेवामा लिने बारे सूचना ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा रिक्त भएका तथा सेवा बिस्तार एवम् गुणस्तरीयता वृद्धिका लागि चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८१/०३/२२ को निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।

निम्न:

  • आवश्यक कर्मचारीको पद र संख्या:
  • आयुर्बेद चिकित्सक (BAMS): आठौँ तह: एक जना,
  • जनस्वास्थ्य अधिकृत (BPH): सातौँ तह: एक जना,
  • फिजियोथेरापिष्ट (BPT): सातौँ तह: एक जना,
  • ल्याब टेक्नोलोजिष्ट (BMLT): सातौँ तह: एक जना,
  • फार्मेसी अधिकृत (B.Pharma): सातौँ तह: एक जना,
  • अप्टोमेट्रीक्स (B.Optom): सातौँ तह: एक जना,
  • हे.अ.(HA): पाचौं तह: चार जना (दुई जना महिला र दुई जना पुरुष),
  • अ.न.मि./अ.हे.ब.: चौंथो तह: दुई जना महिला (एक जनाका लागि खोप तालिम प्राप्त) र
  • सरसफाईकर्मी: श्रेणी बिहिन: दुई जना (एक जना महिला र एक जना पुरुष) ।
  • न्युनतम योग्यता:

क) बुंदा नं “क-ज” सम्म: मान्यता प्राप्त संस्थाबाट सम्बन्धित पदका लागि तोकिएको सम्बन्धित बिषय उतिर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको नेपाली नागरिक हुनुपर्नेछ ।

ख) बुँदा नं “झ” का लागि साक्षर हुनुपर्नेछ । अस्पताल जन्य सरसफाई गर्न सक्नेलाई प्राथमिकता दिईनेछ ।

  • पेश गर्नुपर्ने कागजपत्रहरु: माथि न्यूनतम योग्यतामा उल्लेख भए बमोजिमका सबै प्रमाणपत्र/तालिम/अनुभब लगाएतका कागजपत्रहरुको पछाडी सक्कल बमोजिम नक्कल ठिक छ भनि निवेदक स्वयंले सहि/छाप गरी पेश गर्नुपर्नेछ । अन्तर्वार्ताका दिन उल्लेखित सबै कागजपत्र सक्कलै सहित उपस्थित हुनुपर्नेछ ।
  • आबेदन शुल्क: बुंदा नं “क-च” सम्मको लागि रु.एक हजार, बुंदा नं “छ” पदका लागि रु.पाँच सय, बुंदा नं “ज” का लागि रु.तीन सय र बुंदा नं “झ” का लागि रु.दुई सय आबेदन शुल्क लाग्नेछ ।
  • छनौट तरिका: कर्मचारी छनौट समितिको निर्णयानुसार लिखित, प्रयोगात्मक र अन्तरबार्ता हुनेछ ।
  • सेवा सुबिधा: आपसी समझदारीमा व्यवस्थापन समितिको निर्णयानुसार हुनेछ ।
  • निबेदन दर्ताको तरिका: निबेदन https://chatarahospital.pgov.np/details/download बाट फाराम download गर्न सकिनेछ वा अस्पताल प्रशासन शाखाबाट लिन सकिनेछ ।
  • अस्पतालमा आएर: ईच्छुक निवेदकले आवश्यक कागजपत्रहरु CV र निबेदन अस्पतालको प्रशासन शाखामा अस्पतालको काउन्टरमा बुझाएको निबेदन दस्तुरको रसिद सहित पेश गर्न सकिनेछ ।
  • ईमेल मार्फत: आवश्यक सम्पूर्ण कागजपत्रहरुको स्क्यान गरी निबेदन, शैक्षिक/ आवश्यक कागज पत्र, CV र दस्तुर Esewa, IPS वा बैंक दाखिला गरी सो भौचर सहित इमेल मार्फत समेत निबेदन पेश गर्न सक्नुहुनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ ।
  • बैंक खाता विवरण: बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा, सुनसरी
    1. खाताको नाम: चतरा अस्पताल English मा: Chatara Aspatal
    2. खाता नं: २१६०१००००४६६८००१ English मा: 2160100004668001
  • निबेदन दिने समय:
  • आयुर्बेद चिकित्सक (BAMS), जनस्वास्थ्य अधिकृत (BPH), फिजियोथेरापिष्ट (BPT), ल्याब टेक्नोलोजिष्ट (BMLT), फार्मेसी अधिकृत (B.Pharma) र अप्टोमेट्रीक्स (B.Optom) का लागि:- मिति २०८१/०३/२३ गते देखि २०८१/०४/०६ गते सम्म दिनको ४:०० बजे सम्म।
  • हे.अ.(HA), अ.न.मि./अ.हे.ब. र सरसफाईकर्मीका लागि:- मिति २०८१/०३/२३ गते देखि २०८१/०३/२९ गते सम्म दिनको ४:०० बजे सम्म।
  • परिक्षाको मिति:
  • आयुर्बेद चिकित्सक (BAMS), जनस्वास्थ्य अधिकृत (BPH), फिजियोथेरापिष्ट (BPT), ल्याब टेक्नोलोजिष्ट (BMLT), फार्मेसी अधिकृत (B.Pharma) र अप्टोमेट्रीक्स (B.Optom) का लागि पछी सूचना प्रकाशन गरिनेछ ।
  • हे.अ.(HA) अ.न.मि./अ.हे.ब. का लागि मिति २०८१ असार ३० गते आईतबार बिहान ९:०० बजे देखि चतरा अस्पतालमा परिक्षा संचालन हुनेछ ।
  • सरसफाईकर्मी का लागि मिति २०८१ श्रावण ०२ गते बुधबार बिहान ९:०० बजे देखि चतरा अस्पतालमा परिक्षा संचालन हुनेछ ।
  • अन्तर्बार्ता सम्बन्धि सूचना यस अस्पतालको वेबसाईट र फेसबुकमा समेत राखिनेछ, अन्तरबार्ता सम्बन्धि सूचना सम्बन्धित पदका सबै उमेद्वारहरुलाई निजहरुको मोबाईलमा समेत सम्पर्क गरि सुचित गरिने हुदा निवेदकहरुले निबेदनमा फोन नं हरु (बैकल्पिक फोन नं सहित) अनिवार्य रुपमा लेख्नुहुन अनुरोध छ ।
  • ONLINE फर्म भर्नुहुने निवेदकहरुलाई कुनै द्वबिधा भएमा कृपया अस्पताल प्रशासन शाखामा सम्पर्क गरेर एकिन गरी पूर्ण रुपमा भरिएको फर्म/निबेदन पठाउनुहुन अनुरोध छ ।
  • कर्मचारी छनौट सम्बन्धि सम्पूर्ण अधिकार कर्मचारी छनौट समिति एवम् व्यवस्थापन समितिमा निहित रहनेछ ।

 थप जानकारीका लागि चतरा अस्पतालको सुचना पार्टी वा प्रशासन शाखा ९८०४०८०७६७ वा ९८१६३३८६१४ वा ९८६२८१२०४० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

फाराम को दाँचाः

बोधार्थ:                                                

  • श्री बराहक्षेत्र नगरपालिका, बराहक्षेत्र: ६, चक्रघट्टी, सुनसरी ।:- यस सुचना नगरपालिकाको सूचना पार्टी, फेसबुक साईट र वेबसाईटमा प्रकाशन गरिदिनुहुन हार्दिक अनुरोध छ ।
  • श्री १ र २ नं वडा कार्यालय, बराहक्षेत्र न पा, सुनसरी ।:- यस वडा कार्यालयको सूचना पार्टीमा टाँस गरिदिनुहुन हार्दिक अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]