२८ आषाढ २०८२, शनिबार

बिषय:- बार्षिक नीति तथा कार्यक्रमका लागि सुझाब संकलन बारे

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको व्यवस्थापन समितिको निर्णय नं: १३ द्वारा आ.ब.२०८१/०८२ को लागि चतरा अस्पतालको बार्षिक नीति तथा कार्यक्रम का लागि सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, राजनीतिक दलका प्रमुख/प्रतिनिधि ज्यूहरु, स्थानीय समाजसेबी बुद्धिजीवी ज्यूहरु, पत्रकार ज्यूहरु, महिला स्वास्थ्य स्वयंसेविका ज्यूहरु, चतरा अस्पतालका प्रत्यक्ष एवम् अप्रत्यक्ष सेवाग्राहीहरु एवम् सेवाग्राहीहरुका आफन्त महानुभाब ज्यूहरु, बिभिन्न कार्यालय/संघ/संस्था/बन/बैंक/सहकारी/सुरक्षा निकाय/बिद्यालय/आमा समुह लगाएत सम्पूर्ण महानुभाबहरुलाई चतरा अस्पतालको आगामी आ.ब. २०८१/०८२ का लागि उपयुक्त रहेका/अबलम्बन गर्नुपर्ने नीति तथा कार्यकमका लागि लिखित रुपमा कार्यक्रमको नाम, अनुमानित लागत, कार्यक्रमको उद्धेश्य, कार्यक्रम सम्पन्न पश्चातको प्रतिफल लगायतका बिषयहरु समाबेश गरी प्रशासन शाखामा मिति २०८१/०३/३१ गते सोमबार दिनको ४:०० बजे सम्म सुझाब पेश गरी सहयोग गरिदिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको व्यहोरा सादर अनुरोध छ ।

अस्पतालमा प्राप्त सुझाबहरु मध्ये सबै भन्दा उत्तम एवम् रचनात्मक सुझाबकर्ता एक जनालाई अस्पतालद्वारा आकर्षक पुरस्कार एवम् सम्मानको समेत व्यवस्था गरिएको जानकारी गरिन्छ । सम्पूर्ण सुझाबहरु प्राप्त भए पश्चात आ.ब.२०८०/०८१ को समिक्षा तथा आ.ब.२०८१/०८२ को बार्षिक नीति तथा कार्यक्रमका लागि सुझाब संकलन एवम् अन्तरक्रिया कार्यक्रम समेत संचालन गरिने व्यहोरा सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारी गरिन्छ ।

नोट:

कोहि महानुभाबहरुलाई मौखिक रुपमा सुझाब दिन मन भएमा अस्पतालका सूचना अधिकारी श्री यम बहादुर भण्डारी ज्यू ९८६२८१२०४० संग सम्पर्क गरी सुझाब दर्ता पुस्तिकामा सुझाब दर्ता गरी सुझाब दर्ता नं लिन सकिने व्यवस्था गरिएको/रहेको व्यहोरा समेत जानकारी सहित हार्दिक अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]