बिषय:- सुझाब पेटिकामा प्राप्त सुझाब बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा रहेको “सुझाब पेटिका” लाई मिति २०८१/०३/२५ गते बेलुकी ५:१५ बजे अस्पतालका म्यानेजिंग डाईरेक्टर, नि.कार्यालय प्रमुख, सूचना अधिकारी, प्रवक्ता, सुरक्षाकर्मी तथा कार्यरत स्वास्थ्यकर्मीहरु माझ खोलि माईनुटिंग गर्दा तपशिल बमोजिमका सुझाबहरु प्राप्त भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
अस्पतालको धारणा: कहिले काहीं कर्मचारीहरुको बिदा पर्ने हुँदा कमि देखिन सक्ने, कहिले काहीं कर्मचारीहरु आफ्नो व्यक्तिगत कारण बिदाई हुनुहुने हुँदा तत्काल थप गर्न समय लाग्ने, अस्पतालको ३० जनाको दरबन्दीमा १३ जना मात्र पदपूर्ति भएको हुँदा पनि जनशक्ति व्यवस्थापन गर्न कठिन भएको, कर्मचारीहरुको संख्या समयानुकुल थप गर्दै गईने, मिति २०८१ असार देखि कर्मचारीहरुलाई शिफ्ट डिउटीमा रहने व्यवस्था गरिएको हुँदा थप चुस्त दुरुस्त रुपमा सेवा उपलब्ध गर्ने व्यवस्था गरिएको जानकारी गरिन्छ ।
अस्पतालको धारणा: बजारमा उपलब्ध झोला सुरुमा सानो आएको हुँदा सोहि समय पश्चात प्राप्त सुझाब अनुरुप हाल ठुलो किसिमको झोलाको व्यवस्था गरिसकिएको जानकारी गरिन्छ ।
साथै सो सुझाब पेटिकामा रु. पांचको नोट र एक-एक रुपैयाको दुई सिक्का रहेको थियो, जसलाई सबैको रोहबरमा नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखा चतराद्वारा चतरा अस्पतालमा राखिएको दान-पेटिकामा राखिदिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ । आफुलाई लागेका सुझाबहरु औपचारिक रुपमा सभ्य एवम् मर्यादित तथा रचनात्मक रुपमा सुझाब पेटिकामा राखिदिनुहुने सम्बन्धित सम्पूर्ण महानुभाबहरुलाई अस्पताल प्रशासन हार्दिक आभार व्यक्त गर्दछ ।
नोट:
सुझाब दिन थप सहजता होस् भनि पेन होल्डर सहितको पेन र स्टिकी नोट पेपर पनि सुझाब पेटिका संगै राखिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ ।