१८ बैशाख २०८३, शुक्रबार

बिषय: लागत अनुमान प्रयोजनार्थ दररेट माग सम्बन्धमा ।

(सूचना प्रकाशन मिति: २०८१/०७/१० गते)

प्रस्तुत बिषयमा बराहक्षेत्र नगरपालिका वडा नं २ स्थित चतरा अस्पतालमा आ.ब.:२०८१/०८२ सालको लागि आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक औषधि (स्वास्थ्य बिमा एलोप्याथी), आयुर्बेदिक औषधि, ल्याब केमिकल (मेसिनसंगै सम्झौता भएका भन्दा बाहेक), एक्सरे/भिडियो एक्सरे/डेन्टल/बिबिध सर्जिकल, चस्माको फेम तथा शिशा, डेन्टल क्राउन लगायतका स्वास्थ्य सामाग्रीहरुका लागि सार्बजनिक खरिद ऐन:२०६३ को दफा ५ तथा सार्बजनिक खरिद नियमावली:२०६४ को नियम ११ बमोजिम “स्थानीय बजारमा प्रचलित मुल्यको आधारमा” लागत अनुमान तयार गर्नु पर्ने भएकाले प्रचलित बजार मुल्य भन्दा बढी नहुने गरि तपशिल बमोजिमका अनुसूचीहरुमा उल्लेखित आइटमहरुको दररेट सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र प्रामाणित दररेटको सुची पेश गरि सहयोग गरिदिनुहुन ईच्छुक सम्बन्धित सबै सरोकारवालाहरुको जानकारिका लागि यो सुचना प्रकाशन गरिएको छ ।

तपशिल:

क्र.सं. अनुसूचीहरु औषधि/केमिकल/सर्जिकल लगायतको विवरण कैफियत
अनुसूची-१ औषधि (स्वास्थ्य बिमा एलोप्याथी)  
अनुसूची-२ आयुर्बेदिक औषधि  
अनुसूची-३ ल्याब केमिकल (मेसिनसंगै सम्झौता भएका भन्दा बाहेक)  
अनुसूची-४ एक्सरे/भिडियो एक्सरे/डेन्टल/बिबिध सर्जिकल  
अनुसूची-५ चस्माको फेम तथा शिशा  
अनुसूची-६ डेन्टल क्राउन  

नोट:

  • अनुसूची ५ र ६ मा भने ईच्छुक तथा सम्बन्धित आपूर्तिकर्ताहरुले आफुसंग भएका तथा आफुले आपूर्ति गर्दा पेश गर्ने प्रस्ताबहरु लेखि लागत अनुमान प्रयोजनार्थ पेश गर्न सकिनेछ ।
  • माथि उल्लेखित अनुसूचीहरुमा कम्तिमा पनि ३ वटा आपूर्तिकर्ताहरुबाट लागत दररेट उपलब्ध भईसके पछि अस्पताललाई सोहि बमोजिम खरिद प्रयोजनार्थ सूचना प्रकाशन गर्न यस सूचनाले बाधा गर्ने छैन ।
  • यस सूचना बमोजिम दररेट उपलब्ध गर्नुहुने सबै आपूर्तिकर्ताहरुको उपलब्ध दररेट तथा निबेदनहरु प्रचलित बजारभाउ अनुसार लागत अनुमानार्थ मात्र प्रयोग हुनेछ/गरिनेछ ।
  • लागत अनुमानका लागि दररेट उपलब्ध गर्न ईच्छुकहरुले अस्पतालको आधिकारिक ईमेल आई.डी.: chatarahospital@gmail.com मा सम्पर्क गरी अनुसूचीको बिस्तृत विवरण प्राप्त गर्न सकिनेछ ।

………………………

थप जानकारी एवम् समन्वयका लागि:

९८६२८१२०४० / ९८०४०८०७६७

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]