२८ आषाढ २०८२, शनिबार

 

श्री सम्बन्धित (सबै) ।

विषयः आशय पत्र एबम सम्झौताका लागि सूचना

प्रस्तुत बिषयमा यस चतरा अस्पतालमा आ.ब.0८१/0८२ का लागि तपशिल बमोजिमका खरिद प्रकृयाका लागि शिलबन्दी दरभाउ माग सम्बन्धि प्रथम पटक प्रकाशित मिति २०८१/०७/३० र मिति २०८१/०८/१५ मा तपशिल बमोजिम सारभूत रुपमा प्रभाबकारी भइ छनौट भएका आपूर्तिकर्तालाई सार्बजनिक खरिद ऐनको दफा २७ बमोजिम आजको मिति देखि ७ दिन (20८१।0९।२४ दिन को ४:०० बजे) सम्ममा कुनै पनि दाबि बिरोधका लागि यो आशयपत्रको सुचना सम्बन्धित सबैको लागि प्रकाशन गरिएको व्यहोरा जानकारी गरिन्छ । साथै मिति २०८१/०९/२५ गते देखि २०८१/१०/०२ दिनको ४:०० बजेसम्म सम्बन्धित आपूर्तिकर्ताहरुले अस्पतालमा तपशिल बमोजिमको कार्यसम्पादन जमानत रकम सहित सम्झौताका लागि अनिवार्य रुपमा उपस्थित हुन जानकारी गरिन्छ । यदि कुनै सूचना बिशेषमा दाबी बिरोध परेमा सो सम्बन्धमा बेग्लै सुचना जारी हुनेछ अन्यथा यसै सूचनालाई आधार मानि सम्झौताका लागि सुचित गरिन्छ । कार्यसम्पादन जमानत रकम यसै अस्पतालमा साबिकमा कारोबार रही भुक्तानी प्राप्त गर्न बाँकि रहेका आपूर्तिकर्ताहरुले यसै अस्पताललाई सम्बोधन गरी उल्लेखित रकम जमानत स्वरूप राखीदिन/मानिदिन औपचारिक निबेदन दिएमा मान्य हुनेछ, साथै यसै अस्पतालको बैक खातामा रकम दाखिला गरेकाहरुको हकमा सोहि रकम वा थप गर्नुपर्ने भए थप रकम सहित यस प्रयोजनका लागि सो रकमलाई मानिदिन निबेदन दिएमा सो समेत मान्य हुनेछ । अन्यको हकमा भने नयाँ बैंक ग्यारेन्टी आवश्यक पर्नेछ ।

तपशिल

क्र. स. अपुर्तिकर्ताको नाम खरिद सुचना नं  जमानत रकम छनौट संख्या कै.
श्री किथ एण्ड किन, ईटहरी ०२-२०८१/०८२ (चस्माको फ्रेम) रु.२०,०००/०० उल्लेखित सबै  
श्री द आइ जोन, ईटहरी रु.२०,०००/०० उल्लेखित सबै  
श्री द आइ मार्ट, इटहरी रु.२०,०००/०० उल्लेखित सबै  
श्री लक्ष्मी डेन्ट प्रा.लि., धरान ०३-२०८१/०८२  (डेन्टल क्राउन) रु.२०,०००/०० उल्लेखित सबै  
श्री हस्पि ल्याब प्रा.लि.,  बिराटनगर -२०८१/०८२ (ल्याब केमिकल)

 

रु.१,८४,८२८/०० ४२ आइटम ११ आइटमको

पुन:सूचना जारि हुने

श्री नेसनल सर्जिकेम सप्लायर्स, बिराटनगर रु.५४,५५७/०० २२ आइटम
श्री नेसनल सर्जिकल सप्लायर्स, बिराटनगर रु.८०,२६०/०० १५ आइटम
श्री एन.एस.ट्रेडर्स, चक्रघट्टी, सुनसरी ०५-२०८१/०८२ (सर्जिकल सामग्री) रु.२०,९१७/०० २९ आइटम  
श्री हस्पि ल्याब प्रा.लि.,  बिराटनगर रु.१,३५,५३८/० ४४ आइटम  
१० श्री नेसनल सर्जिकेम सप्लायर्स, बिराटनगर रु.,५३,०३५/०० ८३ आइटम  
११ श्री नेसनल सर्जिकेम सप्लायर्स, बिराटनगर ०६-२०८१/०८२ (डेन्टल सर्जिकल) रु.६८,०९४/००

 

११६ आइटम  

 

…………………..

बोधार्थ

1) श्री बराहक्षेत्र नगरपालिका, चक्रघट्टी, सुनसरी:- यस सूचनालाई सूचना पार्टीमा टाँस गरी सहयोग गरिदिनुहुन अनुरोध छ

२) श्री वडा नं. 1 र 2 को कार्यालय, बराहक्षेत्र नगरपालिका: यस सूचनालाई सूचना पार्टीमा टाँस गरी सहयोग गरिदिनुहुन अनुरोध छ

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]