बिषय: करार सेवामा लिने बारे सूचना ।
बिज्ञापन नं: ०३-२०८१/०८२
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको आन्तरिक श्रोतबाट व्यवस्थापन हुने गरी निम्नानुसारका पदमा कर्मचारीहरु नियुक्ति गर्न सूचना प्रकाशन गर्ने चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८१/११/१६ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्नः
क्र.स. | आवश्यक कर्मचारीको पद | तह | संख्या | निबेदन दिने समय | कैफियत |
१ | मेडिकल अधिकृत (MBBS) | आठौँ | १ (एक) | मिति २०८१/११/१७ गते देखि २०८१/११/२४ गते सम्म दिनको ४:०० बजे सम्म। | |
२ | फिजियोथेरापिष्ट (BPT) | सातौँ | १ (एक) | मिति २०८१/११/१७ गते देखि २०८१/११/२९ गते सम्म दिनको ४:०० बजे सम्म। |
१) न्युनतम योग्याताः
२) पेश गर्नुपर्ने कागजपत्रहरु: माथि न्यूनतम योग्यतामा उल्लेख भए बमोजिमका सबै प्रमाणपत्र/तालिम/अनुभब लगाएतका कागजपत्रहरुको पछाडी सक्कल बमोजिम नक्कल ठिक छ भनि निवेदक स्वयंले सहि/छाप गरी पेश गर्नुपर्नेछ । अन्तर्वार्ताका दिन उल्लेखित सबै कागजपत्र सक्कलै सहित उपस्थित हुनुपर्नेछ ।
३) थप जानकारी/बिषय:
क) मेडिकल अधिकृत (MBBS): चतरा अस्पतालमा मिति २०७५/०५/०१ गते देखि बर्षको ३६५ दिनै बिहान ७:०० बजे देखि बेलुकी ८:०० बजेसम्म ओ.पि.डी. सेवा संचालन भईरहेको हुँदा सो कार्यक्रम/सेवा सम्बन्धि प्रतिबद्धता भएको/रहेको र स्वास्थ्य वीमा अधारित स्वास्थ्य संस्थामा कार्य अनुभव हुनुपर्नेछ।
४) आबेदन शुल्क: क्र.स. “१” र “२” को लागि रु. १०००।०० (एक हजार) आबेदन शुल्क लाग्नेछ ।
५) छनौट तरिका: कर्मचारी छनौट समितिको निर्णयानुसार हुनेछ ।
६) सेवा सुबिधा: व्यवस्थापन समितिको निर्णयानुसार हुनेछ ।
७) निबेदन दर्ताको तरिका: निबेदनको फर्म https://chatarahospital.p1.gov.np/details/download बाट download गर्न सकिनेछ वा अस्पताल प्रशासन शाखाबाट लिन सकिनेछ ।
क) अस्पतालमा आएर: ईच्छुक निवेदकले आवश्यक कागजपत्रहरु CV र निबेदन अस्पतालको प्रशासन शाखामा अस्पतालको काउन्टरमा बुझाएको निबेदन दस्तुरको रसिद सहित पेश गर्न सकिनेछ ।
ख) ईमेल मार्फत: आवश्यक सम्पूर्ण कागजपत्रहरुको स्क्यान गरी निबेदन दस्तुर Esewa, IPS वा बैंक दाखिला गरी सो भौचर सहित इमेल मार्फत समेत निबेदन पेश गर्न सक्नुहुनेछ, ईमेल मार्फत निबेदन दिनुहुनेले ईमेल मार्फत नै दर्ता नं लिन सकिनेछ ।
ग) बैंक खाता विवरण: बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा, सुनसरी
८) परीक्षा र अन्तर्बार्ता सम्बन्धि सूचना यस अस्पतालको वेबसाईट र फेसबुकमा समेत राखिनेछ, सम्बन्धि सूचना सम्बन्धित पदका सबै उमेद्वारहरुलाई निजहरुको मोबाईलमा समेत सम्पर्क गरि सुचित गरिने हुदा निवेदकहरुले निबेदनमा फोन नं हरु (बैकल्पिक फोन नं सहित) अनिवार्य रुपमा लेख्नुहुन अनुरोध छ ।
९) ONLINE फर्म भर्नुहुने निवेदकहरुलाई कुनै द्वबिधा भएमा कृपया अस्पताल प्रशासन शाखामा सम्पर्क गरेर एकिन गरी पूर्ण रुपमा भरिएको फर्म/निबेदन पठाउनुहुन अनुरोध छ ।
कर्मचारी छनौट सम्बन्धि सम्पूर्ण अधिकार कर्मचारी छनौट समिति एवम् व्यवस्थापन समितिमा निहित रहनेछ ।
नोट:
थप जानकारीका लागि चतरा अस्पतालको सुचना पार्टी वा प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
……………………
डा. नवीन अधिकारी
बोधार्थ: